Logo

शनिवार, कार्तिक १ गते २०८३

images

संविधानको रक्षार्थ एमालेद्वारा शान्तिपूर्ण ¥याली 

संविधानको रक्षार्थ एमालेद्वारा शान्तिपूर्ण ¥याली 

  • PNN Times
  • मंगलवार, कार्तिक २६ २०८२


  • संविधानको रक्षार्थ एमालेद्वारा शान्तिपूर्ण ¥याली 

    वालिङ,२५ कात्तिक 
    स्याङ्जामा नेकपा एमालेद्वारा संविधानको रक्षार्थ ¥याली गरिएको छ । जिल्लाका ११ वटै पालिकामा एमालेले संविधानको रक्षार्थ मोटरसाईकल ¥याली गरेका हुन् । “दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराकतालाई पराजित गरी जवजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ” भन्ने नाराका साथ जिल्लाका ११ वटै तहमा ¥याली गरिएको हो । पार्टीको देशव्यापि कार्यक्रम अन्तर्गत स्याङ्जाका पालिकाहरुमा पनि एमालेले शान्तिपूर्ण ¥याली निकालेको हो ।
    यसैबीच एमाले वालिङले संविधानको रक्षार्थ मोटरसाईकल ¥याली सम्पन्न गरेको छ । वालिङ १० भकुण्डेस्थित पार्टी कार्यालयबाट सुरु भई तल्लो वालिङ, भिआईपि टोल हुँदै मोडमा आएर कोणसभामा परिणत भएको थियो । ¥यालीमा एमालेका जनसंगठन, कार्यकर्ता तथा युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा केन्द्रीय सल्लाहकार परिषद सदस्य एवम् पूर्व सांसद नारायण मरासिनीले राष्ट्र र राष्ट्रियताको पक्षमा नेकपा एमाले सतिसाल झै उभिने पार्टी भएको बताउनुभयो । नागरिकको बलिदानीले बनाईएको संविधानलाई संकटावस्थामा ल्याईएको भन्दै नेता मरासिनीले संविधानको रक्षार्थ एमालेले स्याङ्जामा ¥याली गरेको औंल्याउनुभयो । संविधानको पुनस्र्थापना गरिनुपर्नेमा जोड दिँदै मुलुकलाई सुशासनतर्फ अगाडि बढाउन एमाले सँधै दृढ रहेको उहाँको भनाई थियो । जेनजिको सकारात्मक र देशको हितमा रहेका एजेण्डाप्रति एमाले सधैं साथमा रहेको मरासिनीले व्यक्त गर्नुभयो । जेनजिको मुखौटामा भारतीय, तिब्बतीयन र अमेरिकन शक्तिहरुले नेपाललाई ध्वस्त पार्ने प्रयास गरिएको उहाँको आरोप छ ।
    यसैगरी कोणसभालाई सम्बोधन गर्दै एमाले गण्डकी प्रदेश सल्लाहकार परिषदका अध्यक्ष मोहन रेग्मीले जेनजिहरुको पक्षमा रहेको शुन्य भ्रष्टाचारको पक्षमा काम गरिहँदा बाह्य शक्तिका कारण देशलाई ध्वस्त बनाउने प्रयास गरिएको बताउनुभयो । नेपाली कांगे्रस र एमालेको सरकारलाई हटाएर मुलुकलाई ध्वस्त बनाउने कार्य बाह्य शक्तिका कारण भएको भन्दै वर्तमान सरकार असंवैधानिक भएको उहाँले उल्लेख गर्नुभयो ।1000001368.jpg

    मंगलवार, कार्तिक २६ २०८२०६:०९:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend