Logo

शनिवार, कार्तिक १ गते २०८३

images

निर्वाचन आचारसंहिता : एआईको प्रयोगमा आयोगले गरायो सचेत

निर्वाचन आचारसंहिता : एआईको प्रयोगमा आयोगले गरायो सचेत

  • PNN Times
  • आइतवार, पौष १३ २०८२


  • १३ पुस, काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि स्वीकृत गरेको आचारसंहितामा आर्टिफिसियल इन्टिलिजेन्स (एआई)बारे पनि उल्लेख गरिएको छ ।

    जसमा एआईको प्रयोग गरी निर्वाचनलाई प्रभाव पार्ने, होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने काम नगर्न भनिएको छ ।

    images

    ‘सामाजिक सञ्जालमा एआईको प्रयोग गरी वा नगरी निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषणजस्ता भ्रामक टीकाटिप्पणी गर्न वा गराउन नहुने’ आचारसंहितामा उल्लेख छ ।

    त्यस्तै कुनै एक प्रयोजनका निम्ति प्रकाशित वा प्रसारित सूचना/सामग्रीलाई एआईको प्रयोग गरी/नगरी निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरेर सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, सेयर, कमेन्ट वा प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सनलगायत कार्य पनि गर्न नहुने पनि उल्लेख छ । 

    आइतवार, पौष १३ २०८२०५:०३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend