पर्वत जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा रहेका विभिन्न राजनीतिक दलका उम्मेदवारहरूको शैक्षिक अवस्था सार्वजनिक भएको छ। निर्वाचन आयोगमा दर्ता विवरणअनुसार उम्मेदवारहरूको शिक्षा तह फरक–फरक देखिएको छ।
नेकपा (एमाले) का उम्मेदवार पदम गिरी ले स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका छन्। त्यसैगरी नेपाली कांग्रेस का उम्मेदवार अर्जुन प्रसाद जोशी ले एम.ए. (स्नातकोत्तर) तहको शिक्षा हासिल गरेका छन्।
यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मनोहर शर्मा पनि स्नातकोत्तर तह उत्तीर्ण रहेका छन्।
अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर भुसाल ले एस.एल.सी. सम्मको औपचारिक शिक्षा हासिल गरेका छन्।
शैक्षिक हिसाबले हेर्दा पर्वतका प्रमुख राजनीतिक दलका उम्मेदवारमध्ये अधिकांश उच्च शिक्षित देखिन्छन् भने एक उम्मेदवार एस.एल.सी. तहको शिक्षा भएका छन्। यसले जिल्लाको चुनावी प्रतिस्पर्धामा शिक्षा र अनुभव दुवै पक्षलाई महत्व दिइएको देखाउँछ।