Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पर्वतमा रास्वपाको ऐतिहासिक विजय

पर्वतमा रास्वपाको ऐतिहासिक विजय

  • PNN Times
  • आइतवार, फाल्गुण २४ २०८२


  • पर्वतमा रास्वपाको ऐतिहासिक विजय

    पर्वत — प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर भुसाल ले भारी मतान्तरसहित विजय हासिल गरेका छन्। अन्तिम मत परिणाम अनुसार रास्वपाका भुसालले २६,५६१ मत प्राप्त गर्दै स्पष्ट जीत निकालेका छन । 

    निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अर्जुन जोशी (रुख) ले १५,९५४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार पदम गिरी (सूर्य) ले १५,०७५ मत पाएका छन्।

    images

    मतगणनाको अन्तिम परिणाम अनुसार सागर भुसालले आफ्ना प्रतिस्पर्धीहरूलाई ठूलो मतान्तरले पछि पार्दै पर्वतमा उल्लेखनीय विजय दर्ता गरेका छन्। यस नतिजासँगै पर्वतका मतदाताले नयाँ राजनीतिक शक्तिलाई विश्वास गर्दै परिवर्तनको स्पष्ट सन्देश दिएका छन्।

    निर्वाचन परिणाम सार्वजनिक भएपछि समर्थकहरूबीच खुसीयाली छाएको छ। विजयी उम्मेदवार भुसालले पर्वत जिल्लाका सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै जनताको विश्वास अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

    आइतवार, फाल्गुण २४ २०८२०५:२८:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend