Logo

शनिवार, कार्तिक १ गते २०८३

images

ओलीसँग वादविवाद चल्दाचल्दै ढले जगन्नाथ थपलिया

ओलीसँग वादविवाद चल्दाचल्दै ढले जगन्नाथ थपलिया

  • PNN Times
  • मंगलवार, श्रावण १९ २०८३


  • साउन १९, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेताबाट राजीनामा गर्न दबाब खेपिरहेका जगन्नाथ थपलिया सोमबार राति बोल्दाबोल्दै ढले ।

    हिजो साँझ ७ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बोलाइएका थपलियालाई मध्य रातसम्म राजीनामा गर्न दबाब दिइएको थियो । ‘पार्टीका अध्यक्ष, प्रदेश इन्चार्ज र अरु सांसदहरूले तपाईंले सक्नु हुन्न, छोड्नुस भनेपछि उहाँ (थपलिया) बढी नै भावुक हुनुभयो,’ एक नेताले घटनाबारे जानकारी दिँदै भने, ‘५० वर्ष बढी योगदान गरेको पार्टीमा आज म कसरी अयोग्य भएँ भनेर बोल्दाबोल्दै बेहोस् हुनुभयो ।’ 

    images

    बोल्दाबोल्दै अचेत भएका थपलियालाई सांसदहरू केशव पोखरेल, दावा दोर्जे लामा लगायतले मध्यपुर ठिमी अस्पताल ल्याएका थिए । यसपछि पनि गुन्डुको छलफल चलिरह्यो ।

    स्रोतका अनुसार, ओलीले थपलियाले मुख्यमन्त्री चलाउन सक्दैन भन्ने पुष्टि भएको तर्क गरेका थिए । ‘यति सहन नसकेर ढल्नुभयो । कसरी नेतृत्व गर्नुहुन्छ,’ ओलीले भनेका थिए, ‘राप्रपाको समर्थन भोलिसम्म जसले ल्याउँछ, उसैले नेतृत्व गर्ने हो ।’ 

    मंगलवार, श्रावण १९ २०८३०२:०५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend