Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अध्यादेश ल्याउनु अलोकतान्त्रिक, कांग्रेसको बिमति –देउवा

अध्यादेश ल्याउनु अलोकतान्त्रिक, कांग्रेसको बिमति –देउवा

  • PNN Times
  • मंगलवार, मंसिर ३० २०७७


  • अध्यादेश ल्याउनु अलोकतान्त्रिक, कांग्रेसको बिमति –देउवा

    मंसिर ३०, काठमाण्डौ ।  नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारले ल्याएको अध्यादेश अलोकतान्त्रिक भएको बताउनु भएको छ ।

    मंगलबार सरकारले संवैधानिक परिषदको बैठक प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा गर्न सक्ने गरी अध्यादेश जारी गरेपछि सभापति  देउवाले  संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक रहेको बताउनु भएको हो ।

    images

    उहाले फेसबुकमा स्टासट लेख्दै उपसभामुख पद खाली राखेर सभामुखलाई  समेत विश्वास नगरी कोरम पुगेन भन्नू हास्यास्पद रहेका भन्दै नेपाली कांग्रेसको प्रष्ट विमती रहेको बताउनु भएको छ ।  

    संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) अध्यादेश २०७७ जारी गरी संवैधानिक परिषदसम्बन्धी ऐनको दफा ६ को उपदफा ३ संशोधन गरी सरकारले अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषदको बैठकको लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था गरेको हो । 
      

    मंगलवार, मंसिर ३० २०७७०६:०५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend