Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पार्टी फुट्दैन, एकता भंग हुन्छ र एमाले ब्युँतिन्छ -प्रम ओली

पार्टी फुट्दैन, एकता भंग हुन्छ र एमाले ब्युँतिन्छ -प्रम ओली

  • PNN Times
  • सोमवार, पौष ६ २०७७


  • पार्टी फुट्दैन, एकता भंग हुन्छ र एमाले ब्युँतिन्छ -प्रम ओली

    पुस ६, काठमाडौं । संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुट्ने बताएका छन् । तर, पार्टी नफुटे पनि एकता भने भंग हुने र पूर्वसमूह ९ एमाले र माओवादी० आ–आफ्नो बाटो लाग्न सक्ने प्रधानमन्त्री ओलीको विश्लेषण छ ।

    प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सोमबार बिहान आफूनिकटका सांसद र केन्द्रीय सदस्यहरुको भेलालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो विश्लेषण सुनाए ।


    आफूले संसद विघटन गरेर मध्यावधि चुनावमा जानुपर्ने कारणबारे बताउनका लागि ओलीले आफ्नो पक्षका नेताहरुलाई बालुवाटारमा बोलाएका थिए ।

    आगामी बैशाखमा दुई चरणमा मध्यावधि चुनाव गर्ने घोषणा गरेका प्रधानमन्त्री ओलीले पार्टी एकता भंग भएपछि निर्वाचन आयोगले नेकपा एमाले र सूर्यचिन्हलाई मान्यता दिने संकेत गरे । त्यसैगरी माओवादी र हँसिया हथौडा चुनावचिन्ह प्रचण्ड समूहले पाउने उनले जनाऊ दिए ।

    बालुवाटारमा प्रधानमन्त्रीको भनाइ उधृत गर्दै एक नेताले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीज्यूको विश्लेषण के छ भने दुई अध्यक्षको सहमतिविना केन्द्रीय कमिटीको बैठक बस्न सक्दैन । त्यसरी बैठक राखियो भने पार्टी एकता भंग हुन्छ र पूर्वसमूहहरु आ–आफ्नो बाटो लाग्छन् ।’

    प्रचण्ड–माधव पक्षले मंगलबार काठमाडौंमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । दुई अध्यक्षको सहमतिविना त्यो बैठक बसेमा अवैधानिक हुने र पार्टी एकता भंग भई पूर्वसमूह ९एमाले र माओवादी० जागृत हुने प्रधानमन्त्री ओलीले बताए ।

    ‘त्यसपछि आ–आफ्नो बाटो लाग्दा हुन्छ, एमाले एकातिर लाग्छ, माओवादी एकातिर लाग्छ,’ ओलीको भनाइ उधृत गर्दै स्रोतले अनलाइनखबरसँग भन्यो, ‘कोही ९माधव नेपालहरु० प्रचण्डसँग जान चाहन्छन् भने जान पाउँछन्, जस्तै लेखराज भट्टजी हामीतिर आउनुभएको छ ।’

    पार्टी एकता भंग भएको अवस्थालाई अध्ययन गरेर निर्वाचन आयोगले पनि फैसला लिने ओलीको विश्लेषण छ । उनको संकेत नेकपा एमाले ब्युँतिने र सूर्यचिन्ह एमालेको भागमा पर्ने रहेको छ । त्यस्तै उतापट्टि नेकपा नएर माओवादी मात्र रहेन र माधव नेपालहरु पनि नेकपा माओवादीको नेता बन्ने ओलीको तर्क रहेको स्रोतले बतायो । लेखराज भट्ट रामबहादुर थापा बादल यतातिर आएमा एमालेको नेता बन्ने उनले संमकेत गरे ।

    ‘राष्ट्रपतिलाई महाअभियोग लगाउन खोजियो’

    बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि संसद विघटन गर्नुपरेको बताएका छन् ।

    राष्ट्रपतिमाथि आलोचना हुँदा सहँदै आएको तर महाअभियोग लगाएर गगणतन्त्रलाई बदलनाम गर्न खोजिएकाले संसद विघटन गरेको ओलीले बताएका छन् ।

    ‘बहुमत हुँदाहुँदै संसद किन विघटन गरियो भन्ने तपाईहरुलाई पनि परेको होला, छातीमा लगाएको लोगो खोसिँदा दुःख लागेको होला’ बालुबाटारको भेलामा प्रधानमन्त्री ओलीले भने,‘ तर, दुःख नमान्ननोस्, प्रधानमन्त्रीलाई कामै गर्न दिइएन । अब फेरि केही महिनामै चुनाव भएर तपाईहरु छानिएर आउन सक्नुहुन्छ । लोकतन्त्रमा कहिलेकाहीँ यस्तो हुँदोरहेछ ।’

    सरकारलाई कामै गर्न नदिएर घेराबन्दी गरिएको र अध्यादेश ल्याएर काम गर्नुपर्ने अवस्था बनाएकाले बाहिरी कारणले नभई आफ्नै पार्टीभित्रको अवस्थाले संसद विघटन भएको प्रधानमन्त्रीले बताएका थिए ।
    #अनलाइन खबरबाट

    सोमवार, पौष ६ २०७७०३:३६:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend