Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सरकार बिरुद्ध तरुणदल वालिङको बिरोध र्याली, अझ कडा रुपमा उत्रिन्छौ अध्यक्ष खाँण

सरकार बिरुद्ध तरुणदल वालिङको बिरोध र्याली, अझ कडा रुपमा उत्रिन्छौ अध्यक्ष खाँण

  • PNN Times
  • आइतवार, पौष १२ २०७७


  • सरकार  बिरुद्ध तरुणदल वालिङको  बिरोध र्याली, अझ कडा रुपमा उत्रिन्छौ अध्यक्ष खाँण

    पौष १२, वालिङ ।  नेपाल तरुण दल वालिङ नगर समितिले सरकारको विरुद्ध र्याली गरेको छ । प्रधान मन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेर असवैधानिक काम गरेको भन्दै तरुद दल वालिङले बिरोध स्वरुप मोटरसाइकल र्याली गरेको हो ।

    नेपाली कांग्रेसले पौष १३ गते देशभर गर्ने भनेको विरोध प्रदर्शनको तयारी रहेको तरुण दलले जनाएको छ । पार्टी कार्यालयबाट सुरु भएको  मिर्दी, त्रियासी, खहरे हुदै पुन मोडमा आएर कोण सभामा परिणत भएको थियो ।

    images

    कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस स्याङ्जाका कार्यबाहक सभापति बुद्धि बहादुर राना कुमारले प्रधानमन्त्री केपी ओलीले नेपालको संविधान विपरित सर्वसत्ताबाद लाद्न र अधिनायकबाद हावी गराउन गरेको संसद विघटनले मुलुक दुर्घटनमा परेको बताउनु भयो ।

    उहाँले यो सरकार गैर जिम्मोवारी पूर्ण ढङ्ले अगाडि बढिरहेको भन्दै सम्पूर्ण राष्ट्रप्रेमि र न्यायप्रेमि जनता सडकमा आउन आवस्यक भएको बताउनु भयो । सभापति रानाले संविधानको रक्षा गर्न र सफल राष्ट्र निर्माण गर्ने अभियानमा जोडिन सबैलाई आग्रह गर्नु भयो ।

    साथै उहाँले सोमबार हुने बिरोध प्रदर्शनमा समेत सहभागी हुन सबैलाई आह्वान गर्नु भएको छ । साथै नेपाल तरुण दल वालिङ नगर समितिका अध्यक्ष आशिष प्रताप खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले चालेको असंवैधानिक कदमको घोर भत्र्सना गर्दै यो सांकेतिक र्याली रहेको र भोलिका दिनमा अरु कडा रुपमा प्रस्तुत हुने बताउनु भयो । 

    यो पनि हेर्नुस-

     

    आइतवार, पौष १२ २०७७०७:३०:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend