पौष १४, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाका नगर प्रमुख सिमा कुमारी क्षेत्रीले नेकपा नेता भिम रावलाई तपाईका आमा-श्रीमती स्त्री होईन भन्ने प्रश्न गर्नु भएको छ ।
नेता भीम रावले प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा स्त्रीको अंग मिसिएको हुदा दिमागले काम नगरेको भन्ने टिप्पणी दिए पछि नगर प्रमुख क्षेत्रीले आफ्नो फेसबुक स्टाटस मार्फ भिम रावलाई प्रश्न गर्नु भएको हो ।
उहाँले, कमरेड भिम रावल ओलिको शरीरमा स्त्रीको अङ्ग मिसिएको हुदा दिमागले काम गरेन भन्ने तपाईलाई आमाले नै जन्माउनु भएको होइन भनेर प्रश्न राख्नु भएको छ । साथै उहाँले रावलाई तपाईहरु जस्तै नेताको कारणले प्रमुख नेताहरुलाई मिल्न नदिएको आरोप समेत लागउनु भएको छ ।
यस्तो छ क्षेत्रीको स्टाटस ।
आदरणीय कमरेड भिम रावल,ओलिको शरीरमा स्त्री को अङ्ग मिसिएको हुदा दिमागले काम गरेन भन्ने तपाईंलाइ आमाले नै जन्माउनु भएको होइन ? के तपाई का श्रीमति , छोरी , दिदि , बहिनि र आफन्तहरु स्त्री (महिलाहरु) हुनु हुन्न ? के तपाईका राजनितिक सहयात्रीहरु पनि महिलाहरुनै हुनुहुन्न ? उहाँहरु सबैको दिमाग नै छैन त ? तपाईहरु जस्तै नेताहरुको कारण ले आज प्रमुख नेताहरुलाइ पनि मिल्ल दिनु भएन ! तपाईंको यो भनाइ प्रति दुःखद साथै खेद प्रकट गर्द्छु ।
