Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्याङ्जामा ५० मिटरको दुरीमा नेकपा ओली र प्रचण्ड-माधव समुहरुको छुट्टा छुट्टै कार्यक्रम

स्याङ्जामा ५० मिटरको दुरीमा नेकपा ओली र प्रचण्ड-माधव समुहरुको छुट्टा छुट्टै कार्यक्रम

  • PNN Times
  • मंगलवार, पौष १४ २०७७


  • स्याङ्जामा ५० मिटरको दुरीमा नेकपा ओली र प्रचण्ड-माधव समुहरुको छुट्टा छुट्टै कार्यक्रम

    पौष १४, स्याङ्जा ।  स्याङ्जामा ५० मिटरको दुरीमा नेकपा ओली र प्रचण्ड-माधव समुहरुले छुट्टा छुट्टै कार्यक्रम गरेका छन । नेकपा ओली समूहले जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ भने प्रचण्ड-माधव समूहले संसद विघटन विरुद्ध बिरोध सभा गरेका हुन ।

    यि दुबै कार्यक्रम स्याङ्जाको पुतलीबजारमा ५० मिटरको दुरीमा भएको हो ।  प्रचण्ड-माधव समूहले पुतलीबजारको मुख्य चोकमा बिरोध सभा र ओली समूहले सिटिहलमा प्रशिक्षण कार्यक्रम गरेका हुन ।  

    images

    विरोध सभामा नेकपा गण्डकी प्रदेश सह इन्चार्ज यसोधा सुवेदीले प्रधान मन्त्री केपी ओलीको असंवैधानीक कदमलाई अस्वीकार गर्दै संसद अधिवेशनको माग गर्न आफुहरु सडकमा आएको बताउनु भयो ।   

    यता नेकपा ओली समूहले गरेको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिदै गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी शुब्बा गुरुङले विदेशी शक्तिले नेपालमा कम्युनिष्ट पार्टीलाई सिध्याउन चाहेको बताउदै  सोही  अभियानको नेतृत्व प्रचण्ड र माधव नेपालले गरेका आरोप लगाउनु भएको छ ।

    मन्त्री गुरुङले देश संकटमा परेको बताउदै नेता तथा कार्यकर्तालाई हलचल नभई डटेर अगाडी बड्न आग्रह गर्नु भएको छ । 

    मंगलवार, पौष १४ २०७७०५:५०:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend