Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक हो -मन्त्री अर्याल

अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक हो -मन्त्री अर्याल

  • PNN Times
  • आइतवार, पौष २६ २०७७


  • अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक हो -मन्त्री अर्याल

    पुस २६, वालिङ । कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा अर्यालले पार्टी अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक भएको बताउनुभएको छ । शनिबार वालिङमा ओली समूहको नगर अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले पार्टीको एक नं. अध्यक्ष र महासचिव भएको पार्टी आधिकारिक नभएर बबर महलको कार्की ब्याङकेटमा गरिएको भेला पार्टी आधिकारिक नहुने ठोकुवा गर्नुभयो ।

    तथ्य, प्रमाण र घटना क्रमले आधिकारिक पार्टीको टुङगो लागिसकेको छ ।’ प्रचण्ड र नेपालको सम्बन्ध आउने महाधिवेशन सम्मका लागि मात्रै भएको भन्दै प्रचण्डबाट हैरान भएर विद्रोही रुपमा प्रस्तुत भएको मन्त्री अर्यालेले उल्लेख गर्नुभयो ।

    images

    अध्यक्ष ओलीले कसैलाई पनि निस्कासन नगरेको भन्दै अध्यक्ष प्रचण्ड आउनुहुन्छ भने स्वागत सहित अगाडि बढ्ने मन्त्री अर्यालले बताउनुभयो । मन्त्री अर्यालले प्रचण्ड अझै पनि अध्यक्ष रहेको र अध्यक्ष ओलीले कसैलाई ननिकालेको बताउनुभयो । 

    साथै मन्त्री अर्यालले सरकारका राम्रा कामहरुको प्रचार प्रसार गर्न कार्यकर्ताहरुलाई आग्रह गर्दै अवको विकास समृद्धिमा मात्रै रहेको बताउनुभयो । स्याङ्जाले कृषि मन्त्रालय पाएको भन्दै कृषि क्रान्ती गरी समृद्धिका लागि प्रतिवद्ध रहेको बताउनुभयो । सुन्तला जोन कार्यक्रम रहेको स्याङ्जामा कागती जोन जस्ता अन्य कार्यक्रम गरी कृषि हबको रुपमा स्याङ्जालाई विकास गर्न आवश्यक रहेको बताउनुभयो । 

    यसैबीच मन्त्री अर्याललाई काँंग्रेस कार्यकर्ताहरुले कालोझण्डा देखाएका छन् । मन्त्री अर्याललाई तरुणदल तथा नेबिसंघले कालोझण्डा देखाउदै बिरोध जनाएका हुन् । केन्द्रीय बिरोधको  कार्यक्रम अन्तरगत वालिङमा पनि प्रदेश स्तरीय बिरोध गरिएको तरुण दल वालिङ नगर सभापति आशीषप्रताप खाँणले बताउनुभयो ।

    आइतवार, पौष २६ २०७७०९:३७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend