Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङको वडा नम्बर १४  विभाजन प्रस्ताव नगरसभाबाट पारित

वालिङको वडा नम्बर १४  विभाजन प्रस्ताव नगरसभाबाट पारित

  • निर्भीक नारायण भुर्तेल
  • मंगलवार, पौष २८ २०७७


  • वालिङको वडा नम्बर १४  विभाजन प्रस्ताव नगरसभाबाट पारित
    पौष २८, वालिङ । स्याङजाको वालिङ नगरपालिकाको वडा नम्बर १४ विभाजन गर्ने प्रस्ताव नगरसभाबाट पारित भएको छ । नगरपालिकाको नवौं नगरसभाले वडा नम्बर १४ लाई विभाजित गरी थप वडा बनाउने प्रस्ताव सर्बसहमतिमा पारित गरेको हो ।  
    वडा नम्बर १४ भौगोलिक जनसंख्याका हिसाबले ठुलो र विकट भएको कारणले गर्दा जनतामाझ विकास पुर्याउन स्रोत र साधनको सेवा सुविधा दिन समस्या परेको भन्दै वडा नम्बर १४ का वडा अघ्यक्ष झम्मर बहादुर श्रेष्ठले वडा विभाजनको प्रस्ताव पेस गर्नु भएको थियो । प्रस्तावमा साविकको वालिङ १०, थुमपोखरा ९ कोखे टोल र साविकको कालिकाकोट गाविसको वडा नम्बर २ हुग्दी टोललाई समावेश गरी थप वडा कायम गर्न माग गरिएको छ  । 
     
    IMG_7009.JPG
     
    उक्त प्रस्ताव माथि नगरसभाका सभामुख एंम नगर प्रमुख दिलिप प्रताप खाँणले हुन्छ भन्ने र हुन्न भन्नेहरुको मत राख्न अनुरोध गर्दा नगरसभामा हुन्छ भन्नेको बहुमत थियो । 
     
    IMG_6977.JPG

    अन्य वडा भन्दा १४ नम्बर वडा ठुलो भएको हुदा जनताले सेवा सुविधा पाउन समस्या परेको भन्दै १ हजार ६ जनाको हस्ताक्षर सहित वडाबासीले गत भाद्र ३० गते वडा कार्यालयमा पत्र बुझाएका थिए । 
    सोही आधारमा वडा विभाजनको प्रस्ताव पौष २८ गतेको नवौं  नगरसभाले पारित गरेको हो । 
     
    IMG_7047.JPG
     
    नगरले पास गरेको प्रस्ताव  प्रदेश सरकार समक्ष पठाउने नगर प्रमुख दिलीप प्रताप खाणले बताउनु भयो ।  
    साथै नवौं नगर सभाबाट वातावरण तथा प्राकृति स्रोत ऐन २०७७, न्यायिक समितिको कार्यबिधि सम्बन्धि ऐन २०७७, आर्थिक ऐन २०७७ को संसोधन ऐन, बजेट र वडा नम्बर १४ विभाजन प्रस्ताव सर्बसहमतिमा पास भएको वालिङ नगरपालिकाका प्रबक्ता एंव वडा नम्बर १ का वडा अध्यक्ष केदार काफ्लेले जानकारी दिनु भयो ।  नगरले पारित गरेको निर्णयलाई गण्डकी प्रदेश सभाबाट पारित भएमा केन्द्रमा जाने र केन्द्रले पारित गरेमात्रै वडा विभाजन हुने नगर प्रमुख खाँणले बताउनुभयो ।

     
    IMG_6961.JPG

    मंगलवार, पौष २८ २०७७०३:२४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend