Logo

शनिवार, कार्तिक १ गते २०८३

images

दाहाल-नेपाल समूहद्वारा आन्दोलनका कार्यक्रमहरु घोषणा

दाहाल-नेपाल समूहद्वारा आन्दोलनका कार्यक्रमहरु घोषणा

  • PNN Times
  • बुधवार, माघ २१ २०७७


  • दाहाल-नेपाल समूहद्वारा आन्दोलनका कार्यक्रमहरु घोषणा

    काठमाडौँ — प्रतिनिधिसभाको असंवैधानिक विघटन र संवैधानिक नियकामा सिफारिस गरिएकाहरुलाई शपथ ग्रहण गराएर खटाएपछि नेकपाको दाहाल-नेपाल समूहले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

    बुधबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिकी सह-संयोजक पम्फा भुसालले पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आम हड्तालको घोषणा गरिएको बताइन् । देशभर आम हड्ताल गर्नु आफूहरुको बाध्यता भएको प्रवक्ता एवं संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    images

    असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै दाहाल-नेपाल समूहले तेस्रो चरणको आन्दोलन गरिरहेको छ । उक्त समूहले २८ गते राजधानीमा बृहत प्रदर्शन गर्दै छ ।

    #अनलाइन खबरबाट 

    बुधवार, माघ २१ २०७७०२:५१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend