Logo

शनिवार, कार्तिक १ गते २०८३

images

केपी नेतृत्वको सरकारबाट देशलाई गुण्डाराजतिर लैजाने कुचेष्टा : प्रवक्ता श्रेष्ठ

केपी नेतृत्वको सरकारबाट देशलाई गुण्डाराजतिर लैजाने कुचेष्टा : प्रवक्ता श्रेष्ठ

  • PNN Times
  • बुधवार, माघ २१ २०७७


  • केपी नेतृत्वको सरकारबाट देशलाई गुण्डाराजतिर लैजाने कुचेष्टा : प्रवक्ता श्रेष्ठ

    काठमाडौँ — नेकपाको दाहाल–नेपाल समूहले सरकारले बुधबार गरेका संवैधानिक निकायका नियुक्ति बलमिच्याइँपूर्ण कदम भएको टिप्पणी गरेको छ ।बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले बलमिच्याइँपूर्ण कदमसहित देशलाई गुण्डाराजतिर अगाडि बढाउन खोजेको आरोप लगाए । त्यसैकारण बाध्य भएर आफूहरुले बिहीबारका लागि आम हड्तालको कार्यक्रम घोषणा गरेको उनले दाबी गरे ।

    ‘केपी नेतृत्वको सरकारले संविधान, कानुन, लोकतान्त्रिक मूल्यमान्यता, राजनीतिक संस्कृति सबलाई उपेक्षा गरेर नांगो रुपमा देशलाई गुण्डाराज, फाँसीवादतिर अगाडि बढाउने कुचेष्टा गरिराखेको छ,’ श्रेष्ठले भने, ‘त्यसकारण प्रतिगमनविरुद्ध, संविधान र लोकतन्त्रको निम्ति शान्तिपूर्ण आन्दोलन गरिराखेका थियौं । र, अब पनि आन्दोलन शान्तिपूर्ण हुने नै छ । आमहड्ताल पनि शान्तिपूर्ण नै हुनेछ ।’

    images

    सरकारले विप्लव नेतृत्वको पार्टीसँग वार्ताका लागि इमान्दारीपूर्वक गरेको पहलकदमी नभएर नाटक गरेको श्रेष्ठले बताए । ‘सरकारले विप्लवसँग वार्ता गर्ने, साँच्चै शान्तिपूर्ण रुपमा राजनीतिक समस्या समाधान गर्ने प्रयत्न कहींकतैबाट भएको भए त्यसलाई सधैं स्वागत र सकारात्मक रुपमा लिन्छौं,’ श्रेष्ठले भने, ‘तर, यो नाटक हो । कुनै सुनियोजितपूर्वक गरेको वा इमान्दार पहलकदमी होइन ।’

    हिजोसम्म अराजकताको नमुना भएको भन्दै श्रेष्ठले ओली आज अराजकताको पराकाष्टको नमुना भएको आरोप लगाए । ‘हिजोसम्म उहाँ अराजकताको नमुना हुनुहुन्थ्यो । अहिले सरकारी गुटको नेता हुनुहुन्छ, यो देशको हैन । अहिले अराजकताको पराकाष्टको नमुना हो ।’ श्रेष्ठले भने ।

    बुधवार, माघ २१ २०७७०६:०२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend