Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अब ठूलो जनआन्दोलन हुन्छ, सबै लोकतन्त्रविरोधीलाई बढार्छ : दाहाल

अब ठूलो जनआन्दोलन हुन्छ, सबै लोकतन्त्रविरोधीलाई बढार्छ : दाहाल

  • PNN Times
  • बिहिवार, माघ २२ २०७७


  • अब ठूलो जनआन्दोलन हुन्छ, सबै लोकतन्त्रविरोधीलाई बढार्छ : दाहाल

    काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ‌ओलीको कदमविरुद्ध अझ सशक्त आन्दोलन गर्ने बताएका छन् ।

    Capture.PNG
     
    बिहीबार पार्टीले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा सातदोबाटो पुगेका उनले सरकारले संविधान मिच्ने काम गरेको बताए। उनले भने, ‘लोकतन्त्रमाथि प्रहार भएको छ । त्यसका लागि सबै उक्त कदमको विरुद्धमा उत्रिएका छन् ।

    उनले आफूहरुको आन्दोलन लोकतन्त्रको रक्षाका लागि भएको बताए । 'जसरी असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरिएको छ त्यसको विरुद्धमा हाम्रो आन्दोलन हो,' उनले भने,' यो आन्दोलन केपी र प्रचण्डबीचको जुहारी नभई गणतन्त्र र गणतन्त्रविरोधीको लडाइँ हो । '

    images

    संवैधानिक परिषद् र भूमि आयोगमा बल मिच्याइँ तरिकाले सरकारले नियुक्ति गरेको विरोधमा आन्दोलन गर्नुपरेको दाहालले प्रस्ट्याए ।

    उनले आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने बताए । 'हामी अझ ठूला आन्दोलन गर्ने छौं । २८ गते विशाल प्रदर्शन गर्नेछौं,' दाहालले भने, 'फागुनको पहिलो हप्ताबाट जनआन्दोलन हुन्छ । ठूलो जनआन्दोलन हुन्छ । त्यसले सबै लोकतन्त्रविरोधीहरुलाई बढार्छ । '

    २३ गते ओली समूहले राजधानीमा गर्न लागेको सभालाई दाहालले पञ्चर्‍यालीको संज्ञा दिएका छन् । उनले सरकार आफैंले जुलुस निकाल्नु भनेको पञ्चायतमा निकालिने पञ्चर्‍यालीजस्तै भएको बताए । 'आफैं संविधान मिच्ने, संसद् विघटन गर्ने अनि मानिस भेला पार्ने भनेको पञ्च र्‍याली नै हो,' दाहालले भने,' संसदीय सुनुवाइ नगरी संवैधानिक आयोगहरुमा नियुक्त गरिएको छ । यो जंगल राजजस्तो भयो । '

     

    बिहिवार, माघ २२ २०७७१०:४७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend