Logo

शनिवार, कार्तिक १ गते २०८३

images

प्रधानमन्त्रीले राजीनामा नदिने

प्रधानमन्त्रीले राजीनामा नदिने

  • PNN Times
  • मंगलवार, फाल्गुण ११ २०७७


  • प्रधानमन्त्रीले राजीनामा नदिने

    फागुन ११, काठमाडौँ — प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा नदिने बताएका छन् । 

    मंगलबार साँझ सामाजिक सञ्‍जालमा स्टाटस् लेख्दै सल्लाहकार थापाले प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्ने तर तत्काल राजीनामा नदिने बताएका हुन् । 'प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन,' थापाले लेखेका छन् ।

    images

    संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फेसलालाई विवास्पद भन्दै थापाले यस का दुष्प्रभावहरु देखिँदै जाने र राजनीतिक समस्याहरु हल हुन नसक्ने र अस्थिरता अझ बढ्ने ठोकुवा गरेका छन् । 'सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ ।'

    #कान्तिपुरबाट

     

    मंगलवार, फाल्गुण ११ २०७७१०:४५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend