Logo

शनिवार, कार्तिक १ गते २०८३

images

ओली समूहले गुरुङलाई हटाएर भट्टराईलाई बनायो संसदीय दलको प्रमुख सचेतक

ओली समूहले गुरुङलाई हटाएर भट्टराईलाई बनायो संसदीय दलको प्रमुख सचेतक

  • PNN Times
  • शुक्रवार, फाल्गुण १४ २०७७


  • ओली समूहले गुरुङलाई हटाएर भट्टराईलाई बनायो संसदीय दलको प्रमुख सचेतक

    काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल समूहका नेता गुरुङलाई हटाएर ओली समूहका विशाल भट्टराईलाई प्रमुख सचेतक बनाइएको छ । 

    संसदीय दलका नेता ओलीले भट्टराईलाई मनोनयन गरेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

    images

    प्रदेश १ का सांसदहरूकाे भेलामा प्रधानमन्त्री ओलीले गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई नियुक्त गरेको जानकारी गराएको नेम्वाङले बताए ।

    विद्यार्थी आन्दोलनमा लामो समय क्रियाशील भट्टराई दोस्रो संविधानसभा र पछिल्लो आमनिर्वाचनमा खोटाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    Capture.PNG

    शुक्रवार, फाल्गुण १४ २०७७०५:००:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend