Logo

शनिवार, कार्तिक १ गते २०८३

images

दाहाल-नेपाल समूहका सांसदहरुद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

दाहाल-नेपाल समूहका सांसदहरुद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

  • PNN Times
  • आइतवार, फाल्गुण २३ २०७७


  • दाहाल-नेपाल समूहका सांसदहरुद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

    काठमाडौँ — नेकपा (दाहाल-नेपाल) समूहका सांसदहरुले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । वैधानिकता गुमाएको सरकारबाट अध्यादेश पेस गर्ने कार्यसूची राखिएको भन्दै उक्त समूहका सांसदहरुले बैठकको बीचबाटै उठेर हिँडेका हुन् । 

    बैठकको बीचमा सभामुखसँग समय लिँदै सांसद भीम रावलले बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा समर्थन रहे पनि अध्यादेशहरु पेस गर्नेमा आफूहरुको समर्थन नरहेको बताएका थिए । 

    images

    सभामुख अग्नि सापकोटाले रावलको धारणा दर्ज भएको भन्दै बस्न आग्रह गरे पनि दाहाल-नेपाल पक्षका सांसदहरु बाहिएका थिए । 

    आइतवार, फाल्गुण २३ २०७७०५:५२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend