Logo

शनिवार, कार्तिक १ गते २०८३

images

चापाकोटमा कांग्रेस त्याग गरी १ सय भन्दा बढी नेकपा एमालेमा प्रवेश

चापाकोटमा कांग्रेस त्याग गरी १ सय भन्दा बढी नेकपा एमालेमा प्रवेश

  • PNN Times
  • बिहिवार, बैशाख ९ २०७८


  • चापाकोटमा कांग्रेस त्याग गरी १ सय भन्दा बढी नेकपा एमालेमा प्रवेश

    वैशाख ९, स्याङजा । स्याङजाको चापाकोटमा नेपाली कांग्रेस परित्याग गरी १ सय भन्दा बढी कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी एमालेमाप्रवेश गरेका छन । 

    बुधबार चापाकोट नगरपालिका वडा नम्बर १० मा भएको कार्यकर्ता भेटघाट तथा शुभकामना कार्यक्रममा १ सय २५जना कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका हुन ।

    images

    उनिहरुलाई कृषि तथा पशुपंक्षी विकास मन्त्री माननिय पद्मा अर्यालले खादा ओढाई पार्टीमा प्रवेश गराउनु भएको हो ।

    नेपाली कांग्रेसमा लामो समय त्याग गरेको तर कांग्रेस जनता प्रति कत्ति पनि उत्तरदायि नभएको भन्दै आफुहरु केपी ओलिले देखेकोसपनालाई साकार पार्न नेकपा एमालेमा प्रवेश गरेको नव प्रवेशी याम कुमारी खनालले बताउनु भयो ।

    नागरीकलाई धम्काउने, भष्टाचार, वेथिति र अत्याचारमा रमाउने कांग्रेसको प्रवृतिको अन्त्यको लागि आफुहरु नेकपामा प्रवेश गरेकोउहाँले बताउनु भयो ।

    संविधानले नागरिकलाई स्वतन्त्रता प्रदान गरे संगै आफुहरुले नैशर्गिक अधिकार अनुसार नै स्वतन्त्रता पूर्वक पार्टी प्रवेश गरेको खनालले उद्घोष गर्नु भयो।

    हामीले  चापाकोटको विकास चाहेका हौ, यहाँको विकासको लागि एमालेले उल्लेखनीय काम गरेको छ तर नेपाली कांग्रेसले कुनै पनिकाम नगरेको हुदा विकास गर्ने पार्टीमा प्रवेश गरेको नव प्रवेशी कार्यकर्ताहरुको भनाई छ ।

    कार्यक्रममा नव प्रवेशी लगायतका कार्यकर्तालाई सम्बोधन गर्दै कृषि तथा पशुपंक्षि विकास मन्त्री पद्मा कुमारी अर्यालले नेकपा एमालेमाप्रवेश गरेकोमा सबैलाई स्वागत गर्नु भयो। ।

    यहाँहरु सबैलाई म नेकपा एमालेमा स्वागत गर्दछु मन्त्री अर्यालले भन्नु भयो तपाईहरु नै चापाकोटको विकास गर्ने हो त्यसैले निर्धक्कअगाडी बढ्नुहोस । मन्त्री अर्याललले चापाकोटमासडक, खानेवाली, स्वास्थ्य, प्राविधिक शिक्षा, सिटि टहल लगायतको काम तिव्र रुपमभएको बताउनु भयो ।

    आगामी दिनमा चापाकोटलाई विकाससंग जोड्न बजेट विनियोग गर्ने मन्त्री अर्यालको भनाई थियो ।

    मन्त्री अर्यालले यो आर्थिक वर्षमा चापकोटमा कोल्ड रुम र आप लिचि ज़ोन समेत घोषणा गर्ने उद्घोष गर्नु भयो ।

    बिहिवार, बैशाख ९ २०७८०८:०७:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend