Logo

शनिवार, कार्तिक १ गते २०८३

images

केही समस्या भए आउनुस् छलफल गरी समाधान गरौं - प्रधानमन्त्री ओली

केही समस्या भए आउनुस् छलफल गरी समाधान गरौं - प्रधानमन्त्री ओली

  • PNN Times
  • सोमवार, बैशाख २७ २०७८


  • वैशाख २७,  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खनाल- नेपाल समूहलाई हतारोमा कुनै पनि अनुचित निर्णय नलिन ध्यानाकर्षण गराएका छन्। एमालेका सांसदहरूलाई सम्बोधन गर्दै उनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले छलफलको लागि आह्वान गरेका हुन् । 

    ओलीले ट्वीटरमार्फत नेपाल पक्षलाई सम्बोधन गर्दै आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने बताएका छन् ।

    images

    ओलीले भनेका छन्, ‘हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरुको ध्यानाकर्षण गराउन चाहन्छु । आउनुस् केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।’ 

    ‘नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ।

    त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ’, उनले भने, ‘यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ।’ 

    सोमवार, बैशाख २७ २०७८११:४५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend