Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङ नगरपालिकाको बजेट झण्डै ८० करोड

वालिङ नगरपालिकाको बजेट झण्डै ८० करोड

  • PNN Times
  • बुधवार, आषाढ ९ २०७८


  • वालिङ नगरपालिकाको बजेट झण्डै ८० करोड
    तोलाकान्त बगाले

    वालिङ, ९ असार । स्याङ्जाको वालिङ नगरपालिकाको आज सम्पन्न दशौं नगरसभाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि रु. ७८ करोड १४ लाख ७६ हजार बजेट सार्वजनिक गरेको छ ।
     
    नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक कल्पना तिवारीले दशौं नगरसभामा प्रस्तुत गर्नुभएको बजेट तथा कार्यक्रम पारित भएको हो ।

    नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आन्तरिक आयतर्फ रु. ६ करोड ५५ लाख ३० हजार, संघीय सरकार राजस्व बाँडफाँडबाट रु.१० करोड २९ लाख ८८ हजार, वित्तीय समानीकरण अनुदानबाट रु. १६ करोड ३९ लाख, सशर्त अनुदानतर्फ रु. ३९ करोड ६२ लाख, संघीय सरकारको विशेष अनुदान रु. १ करोड ६६ लाख, सडक बोर्ड नेपालबाट रु. ४७ लाख गरी कूल रु. ७४ करोड ९९ लाख १८ हजार अनुमानित बजेट प्रस्तुत भएको हो ।
     
    त्यस्तै गण्डकी प्रदेश सरकारतर्फको राजस्व बाँडफाँडबाट रु. १ करोड १६ लाख ९० हजार, प्रदेश सरकार समानीकरण अनुदानबाट रु. १ करोड ९८ लाख ६८ हजार गरी कूल रु. ३ करोड १५ लाख, ५५ हजार ८ सय उपप्रमुख तिवारीले नगरसभामा प्रस्तुत गर्नुभएकोमा पारित भएको नगर प्रवक्ता केदार काफ्लेले बताउनुभयो ।  

    बुधवार, आषाढ ९ २०७८०७:३२:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend