Logo

शनिवार, कार्तिक १ गते २०८३

images

ज्ञवालीलाई प्रचण्डको प्रश्न के तपाईंहरुले जितेको हो ?

ज्ञवालीलाई प्रचण्डको प्रश्न के तपाईंहरुले जितेको हो ?

  • PNN Times
  • आइतवार, श्रावण ३ २०७८


  • ज्ञवालीलाई प्रचण्डको प्रश्न के   तपाईंहरुले जितेको हो ?

     साउन ३, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीको अभिव्यक्तिप्रति चित्त दुखाएका छन् ।

    विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमाथि प्रतिनिधिसभामा आइतबार भएको छलफलमा ज्ञवालीले ‘युद्ध जित्न नसकेर हारेर आएर लोकतन्त्र मानेका होइनौं’ भनेको भन्दै उनले चित्त दुखाएका हुन् । उनले भने, ‘मलाई र शान्ति सम्झौताका सहयात्री सबैलाई चित्त दुख्ने कुरा हो ।’

    images

    ‘तपाईं एमालेको तीनै नेतामध्ये होइन, जो माओवादी आन्दोलनका नेताहरुसँग संविधानसभा गणतन्त्रमा सहमति गरौं भन्ने तपाईंहरु नै होइन ? तपाईं पनि हुनुहुन्थ्यो नि एकचोटि युद्धमा । टाउको कुट्नेमा तपाईं हुनुहुन्नथ्यो र ?,’ ज्ञवालीले आफूलाई यसो भन्न बाध्य बनाएको उनले सुनाए ।

    उनले एमाले नेता ज्ञवालीलाई शान्ति सम्झौता गलत थियो भन्न खोजेको हो भनेर प्रश्न पनि गरेका छन् । माओवादीलाई युद्ध हारेर आएर लोकतन्त्रको कुरा गर्ने भन्ने आशयका साथ ज्ञवालीको अभिव्यक्ति आएको भन्दै प्रचण्डले अघि भने, ‘माओवादीले लोकतन्त्रको पक्ष लिन हुन्न भन्न खोजेको हो कि क्या हो ?’

    ज्ञवालीले हेपेर बोलेको र यसले आफूलाई बेस्सरी घोचेको भन्दै उनले भने, ‘हामीले हारेको, तपाईंहरुले जितेको हो ? यसले नेपालको शान्ति प्रक्रियालाई दिगो बनाउँछ ?’ 

    आइतवार, श्रावण ३ २०७८०८:०४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend