Logo

शनिवार, कार्तिक १ गते २०८३

images

ओलीलाई प्रचण्डको चेतावनी : आगोसँग नखेल्नुस

ओलीलाई प्रचण्डको चेतावनी : आगोसँग नखेल्नुस

  • PNN Times
  • आइतवार, श्रावण ३ २०७८


  • ओलीलाई प्रचण्डको चेतावनी : आगोसँग नखेल्नुस
     साउन ३, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनलाई केही होइन भन्ने नसोच्न चेतावनी दिएका छन् ।
     
    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले माओवादी आन्दोलन विभाजित भएको छ, यसलाई मिचिदिए हुन्छ भन्ने ठानेको भए हलुका नसोच्न आग्रह गरे ।
     
    विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमाथि आइतबार संसदमा भएको छलफलमा भाग लिँदै प्रचण्डले भने, ‘आगोसँग खेल्ने कुरा राम्रो होइन, कति राम्रोसँग यो आगोलाई इनर्जीमा रुपान्तरणतिर ल्याइएको छ । यसलाई हेप्न थाल्नुभयो भने आगो फेरि सल्किनसक्छ । त्यो बुद्धितिर कोही पनि नजाऔं ।’
     
    उनले निवर्तमान प्रधानमन्त्री ओलीलाई व्यक्तिगत अहंकार र दम्भ नराख्न आग्रह गरे । ‘व्यक्तिगत अहंकार र दम्भले इतिहास निर्माण हुँदैन, बनेको इतिहासलाई तपाईंले व्यक्तिगत दम्भले निमिट्यान्न पार्छु भन्ने ठान्नु भएको हो भने ब्लण्डर गर्दै हुनुहुन्छ’ उनले भने, ‘यसको फल भोग्नुहुन्छ भोग्दै जानुहुन्छ ।’
     
    माओवादी आन्दोलन उत्पीडित समुदायको साझा आवाज भएको र त्यो आन्दोलनलाई नेतृत्व गर्ने आफूहरु जिउँदै रहेकाले मिचेर अगाडि बढ्न सहज नभएको बताए । माओवादी आन्दोलनबाट आएका आफूहरुलाई अपमानित गर्न खोजेर यिनीहरु निमोठिन्छन् भन्ने नठान्न प्रचण्डले सचेत गराएका छन् ।

    आइतवार, श्रावण ३ २०७८०८:४२:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend