Logo

शनिवार, कार्तिक १ गते २०८३

images

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ मत

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ मत

  • PNN Times
  • आइतवार, श्रावण ३ २०७८


  • प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५  मत

     साउन ३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा‍‍‍‍ १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ ।

    मतदानमा २४९ जना सांसद सहभागी भएका थिए ।

    images

    उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाका सांसदले उनलाई मत दिएका हुन् ।

    राप्रपा र नेमकिपाका एकएक सांसदले मतदान गरेनन् ।

    आइतवार, श्रावण ३ २०७८१०:१३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend