Logo

शनिवार, कार्तिक १ गते २०८३

images

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ : अर्थमन्त्री शर्मा

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ : अर्थमन्त्री शर्मा

  • PNN Times
  • सोमवार, श्रावण १८ २०७८


  • सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ : अर्थमन्त्री शर्मा

    साउन १८ , काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारप्रति प्रतिवद्ध भएको बताएका छन् । सत्तारुढ गठबन्धन प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिने उनले बताए ।

    सोमबार आफ्नो स्वागतमा नेपाल पत्रकार महासंघले गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले भने, ‘आज बनेको गठबन्धन र गठबन्धन सरकार सञ्चार क्षेत्रको, प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिन्छ, उभिनेछ । सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध भएको कुरा म स्पष्ट गर्न चाहन्छु । नागरिक अधिकारको लागि पनि यो सरकार प्रतिवद्ध छ ।’

    images

    अर्थमन्त्री शर्माले विगतको सरकारले कतिपय कुराहरु कार्यान्वयन हुनै नसक्ने गरी घोषणा गरेको भन्दै आफूले अध्ययन गरिरहेको बताए । सकारात्मक कुराहरुलाई स्थापित गर्दै कार्यान्वयनमा लैजाने र भत्केका कुराहरुलाई सुधार गर्दै लैजाने उनले स्पष्ट पारे ।

    कोरोना महामारीले सञ्चार क्षेत्रमा पारेको प्रभावको सम्बन्धमा आफू जानकार रहेको भन्दै उनले यस क्षेत्रको आर्थिक संकट समाधानका लागि सरकारले आवश्यक सुझाव दिन उनले महासंघलाई आग्रह गरे ।

    सोमवार, श्रावण १८ २०७८०७:४०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend