Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अन्तत : एमाले फुट्यो, माधव नेपालको नेतृत्वमा–एमाले समाजवादी

अन्तत : एमाले फुट्यो, माधव नेपालको नेतृत्वमा–एमाले समाजवादी

  • PNN Times
  • बुधवार, भाद्र २ २०७८


  • अन्तत :   एमाले फुट्यो, माधव नेपालको नेतृत्वमा–एमाले समाजवादी

    २ भदौ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । अध्यादेश जारी भए लगत्तै नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोगतर्फ लागेका छन् ।

    एक केन्द्रीय सदस्यका अनुसार ‘नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ ।  माधव नेपालको नयाँ ‘एमाले’को चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।

    बुधवार, भाद्र २ २०७८०३:५४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend