Logo

शनिवार, कार्तिक १ गते २०८३

images

संविधान संशोधनका लागि सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

संविधान संशोधनका लागि सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

  • PNN Times
  • बुधवार, भाद्र ३० २०७८


  • संविधान संशोधनका लागि सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    भदौ ३० , काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

    पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले संविधान बनाउने बेला नै आफूहरुले फरक मत राखेको बताए । 

    images

    राजनीतिक दलहरुबीच सहमति गरेर अघि बढ्न चाहेको भन्दै उनले भने, ‘तर जरुरी पर्‍यो भने हामी सडकमा जानुपर्ने हुनसक्छ ।’

    दिवंगत नेता बोगटीलाई सम्झिँदै अध्यक्ष प्रचण्डले अहिले माओवादीका माथिल्लो तहका नेताहरु बिग्रिएको स्वीकारसमेत गरे । तर, जनता र कार्यकर्ताहरु नबिग्रिएको र क्रान्तिकारी आन्दोलनका लागि तयार रहेको उनले बताए ।

    क्रान्ति आन्दोलनमा जाने भनेपछि जुर्मुराएर उठ्ने पंक्ति पनि यही पार्टीभित्र रहेको पनि देखेँ । लाखौंको संख्यामा सडकमा आउन तयार रहेछन्,’ उनले भने, ‘जनता बिग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइन, बिग्रिएका हामी माथिका नेताहरु मात्रै रहेछौं । गुट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पंक्ति मात्रै बिग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ ।’

    प्रचण्डले क्रान्तिकारी विरासत भएको माओवादी आन्दोलन र नेतृत्वले बाटो बिराएको स्वीकारे । ‘हामी हिजोका विरासतबाट विचलित जस्तो भएका छौं,’ उनले भने, ‘वर्ग, उत्पीडित जाति, समुदायका लागि सम्पूर्णरुपले समर्पित भएर बलिदान दिन तयार हुने पार्टी पंक्तिमा विचलन आएको छ ।’

    युद्धको बेला अप्ठेरो ठाउँमा जिम्मेवारी लिन हानथाप गर्ने पार्टी पंक्ति अहिले गुट बनाएर फाइदा लिन मात्र केन्द्रित भएको बताए । ‘अहिले पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थका लागि लगाव धेरै देखिएको छ,’ उनले भने, ‘गुट बनाउनतिर बढी जाँगर आउने, पार्टी बनाउने भन्दा गुट बनाउँदा फाइदा हुन्छ कि भन्ने सोच्ने प्रवृत्तिको बिस्तारै बिस्तारै विकास भएको छ ।’

    प्रचण्डले देश देश झण्डैझण्डै प्रतिगमन र प्रतिक्रान्तितिर जाने अवस्थाबाट देशलाई आफूहरुले जोगाएको जिकिरसमेत गरे ।

    सम्बोधनको क्रममा उनले दिवंगत नेता बोगटीलाई पटकपटक स्मरण गरे । बोगटीले नेतृत्वको आलोचना गरे पनि मुख्य नेतृत्वलाई सहयोग गर्ने भावना कहिल्यै नभुलेको स्मरण गरे । उनी पार्टी एकताको प्रतिकको रुपमा भूमिका खेलेको पनि स्मरण गरे ।

     

    बुधवार, भाद्र ३० २०७८११:४७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend