नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद बहुमतीय प्रक्रियाबाट टुंगिने देखिन्छ । नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली ,कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र बरिष्ट नेता माधबकुमार नेपाल गरि तीन गुट क्रियासिल छन् ।
पछिल्लो समय अध्यक्ष प्रचण्ड र बरिष्ट नेता नेपाल एकै ठाउमा आउदा अर्का अध्यक्ष केपी शर्मा ओली संसदीय दलमा समेत अल्पमतमा परेका छन्। प्रचण्ड-नेपाल समूहले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छाड्नैपर्ने अडान अछोडेको कारण अब विवादलाई बहुमतीय प्रक्रियाबाट टुंग्याउनेतर्फ जाने नेताहरुले नै बताउन थालेका हुन् ।
प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने विषय संसदीय दलमा पुग्ने सम्भावना बढेसंगै दुवै पक्षले त्यसको तयारी गरेका छन् । नेकपाको संसदीय दलका १ सय ७४ सांसद छन्। पछिल्लो समयमा संसदीय दलका नेता ओलीको पक्षमा ७७ जना सांसद देखिन्छन्। भने प्रचण्ड-नेपाल समूहमा ९५ सांसद छन्।
को-कसको पक्षमा
ओली पक्ष (७७ जना)
केपी शर्मा ओली,इश्वोर पोखरेल,कृष्णकुमार श्रेष्ठ (किसान), कुमारी मेचे, आशाकुमारी विक, कृष्णगोपाल श्रेष्ठ ,कृष्ण दाहाल ,कृष्णबहादुर राई, नरबहादुर धामी , राजेन्द्कुमार राई ,राजेन्द्रप्रसाद गौतम ,राधाकुमारी ज्ञवाली, रामवीर मानन्धर , रेखा कुमारी ,रावराज रावत , नवराज सिलवाल ,नबिन लामा , लालप्रसाद लिम्बु ,नारदमुनि राना, निरुदेवी पाल, नारायणप्रसाद मरासिनी,केदार सिद्गेल, पदम गिरि, पद्माकुमारी अर्याल ,रघुबिर महासेठ ,लिलानाथ श्रेष्ठ , लालबहादुर थापा,बसन्तकुमार नेम्वाङ्, बिद्या भट्टराई , बिन्दा पाण्डे, पर्वात गुरुङ,बिनाकुमारी श्रेष्ठ,बिमल बिक सुबाश नेम्वाङ्, सरिता न्यौपाने , सरिताकुमारी गिरि , शान्ता चौधरी, बिष्णु पौडेल , खगराज अधिकारी , भानुभक्त ढकाल , महेश बस्नेत , नन्दबहादुर रोका ,प्रदिप कुमार ज्ञवाली ,प्रेमबहादुर आले ,खेम लोहोनी ,गोकुल बास्कोटा ,गोमा देवकोटा ,गणेशसिंह ठकुन्ना ,छबिलाल बिश्वोकर्मा , प्रेमप्रसाद तुलाचन ,पाल्देन छोपाङ्, बिजय सुब्बा ,धनबहादुर बुढा, मोहन बानिया, मोतिलाल दुगड, जगतबहादुर सुनार जुली महतो , थममाया थापा ,दलबहादुर राना ,तिर्था गौतम , दामोदर भण्डारी ,सुर्यप्रसाद पाठक, हृदेश त्रिपाठी,लेखराज भट्ट
प्रचण्ड पक्ष (५२ जना)
पुष्पकमल दाहाल ,कृष्णबहादुर महरा ,कमला रोका ,ओनसरी घर्ति , वर्षमान पुन , जनार्दन शर्मा ,शक्ति बस्नेत , हरि अधिकारी , चुडामणि खड्का ,मातृका यादब ,टोपबहादुर रायमाझी ,शशि श्रेष्ठ , अन्जना बिशुन्खे ,दुर्गाकुमारी बिश्वोकर्मा ,सन्तकुमार थारु ,सुदन किराती , श्याम कुमार श्रेष्ठ, सुरेन्द्रकुमार कार्की, देबप्रसाद गुरुङ, देबेन्द्र पौडेल , सुरेशकुमार राई ,सुरेशचन्द्र यादब ,पम्फा भुषाल ,धर्माशिला चापागाई ,अमनलाल मोदी ,अमृता थापा मागर ,इन्दुकुमारी शार्मा , हरिबोल गजुरेल ,हितबहादुर तामाङ्ग ,विना मगर ,पूर्णकुमारी सुबेदी ,प्रभु शाह ,गिरिराजमणि पोखरेल ,पम्फा भुसाल हेमकुमार राई ,गौरीशंकर चौधरी ,सत्य पहाडी ,योशोधा सुबेदी ,शिब कुमार मण्डल ,चक्रमणि खनाल ,छक्बहादुर लामा ,
माधब-झलनाथ (४३ जना)
माधबकुमार नेपाल , झलनाथ खनाल , मुकुन्द न्यौपाने , कृष्णभक्त पोखरेल , गोकर्णराज, बिष्ट , सुरेन्द्रराज पाण्डे , लालबाबु पण्डित , योगेशकुमार भट्टराई ,मायादेबी न्यौपाने ,कल्याणी खड्का ,कलिला खातुन, कृष्णलाल महर्जन , गणेश पहाडी , गंगा चौधरी, गोपालबहादुर बम , घनश्याम भुषाल , मेटमणि चौधरी, यज्ञबहादुर बोगटी, यज्ञराज सुनार, राजबहादुर बुढा , रामकुमारी झाक्री ,लक्ष्मीकुमारी चौधरी, बिरोध खतिवडा, बिनादेबी बुढाथोकी, बिष्णु शर्मा ,झापट बहादुर रावल , भिमबहादुर रावल ,भवानी खापुङ, जिवनराम श्रेष्ठ ,सोमप्रसाद पाण्डेय , हिराचन्द्र केसी , सरलाकुमारी यादब , सेरबहादुर तामाङ, बिष्णु शर्मा , तुल्सी थापा , नारायण खतिवडा ,धुर्वकुमार शाही , दिपकप्रकाश भट्ट ,निरुदेबी जैरु , पुष्पकुमारी कर्ण ,समिना हुसैन