Logo

शनिवार, कार्तिक १ गते २०८३

images

देशमा नयाँ कामको थालनी गर्ने नेकपा एमाले—पूर्वमन्त्री अर्याल

देशमा नयाँ कामको थालनी गर्ने नेकपा एमाले—पूर्वमन्त्री अर्याल

  • PNN Times
  • शनिवार, कार्तिक ६ २०७८


  • देशमा नयाँ कामको थालनी गर्ने नेकपा एमाले—पूर्वमन्त्री अर्याल

    कार्तिक ६, वालिङ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री पद्मा अर्यालले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेकपा एमाले देशमा नयाँ कामको थालनी गर्ने पार्टी भएको बताउनुभएको छ । एमालेले अरुको अनुसरण गर्न नपाएको र अरुले एमालेको अनुसरण गरिरहेको भन्दै पूर्वमन्त्री अर्यालले सायद नेपालमा यति ठूलो संख्याको अधिवेशन एउटै समयमा र एउटेै तालिकामा उद्घाटन गर्ने पार्टी एमाले भएको उल्लेख गर्नुभयो ।

    शनिबार देशभर एकैसाथ उद्घाटन गरिएको नेकपा एमालेको वडा अधिवेशन अन्तर्गत स्याङ्जाको वालिङमा सम्वोधन गर्दै पूर्वमन्त्री अर्यालले हरेक क्षेत्रमा नविन कामको सुरुवात गर्ने एमाले पहिलो बनेको बताउनुभयो । यो आजको कुरा मात्रै नभएर अरु विभिन्न क्षेत्रमा कुनैपनि यो मुलुकको राम्रो काम कसले गरेको हो भनेर कुनै चीजको खोजी गरियो भने त्यो नेकपा एमालेले गरेको हो भन्ने इतिहास फेलापार्ने पूर्व मन्त्री अर्यालको दावी छ ।

    ward uml.JPG
    लोकतान्त्रिक आन्दोलनलाई शसक्त र नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सफल पार्नको निम्ती जहानियाँ राणा शासनकालदेखि गणतन्त्र स्थापनासम्मको नेतृत्व कम्युष्टि पार्टीले गरेको छ । पछिल्लो काल खण्डमा एमाले नाम गरेको पार्टीले विगतको विरासतलाई बुभ्mदै अगाडि बढेर आएको पूर्वमन्त्री अर्यालको भनाई छ ।

    विधिको शासन, नियम र कानूनबाट मात्रै मुलुकलाई सहि ढङले परिचालन गर्न सकिन्छ भन्ने एमालेको मान्यता रहेको उल्लेख गर्दै पूर्वमन्त्री अर्यालले सम्विधानमा जनताका हक अधिकारका विषयलाई सुनिश्चित गरी लिपिवद्ध भएको दस्तावेज बनाएको धारणा राख्नुभयो । उहाँले आज सम्विधान कागजको खोस्टोकोरुपमा परिणत गर्दै, कुल्चदै र मिच्दै विभिन्न खालका हरकतहरु भैरहेको व्यक्त गर्दै त्यसको शिकार नेकपा एमाले पार्टी भैरहेको समेत उल्लेख गर्नुभयो ।

    images

    शनिवार, कार्तिक ६ २०७८०६:१८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend