Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कांग्रेस नगर समितिलाई वडा कार्य समतिको बधाई तथा शुभकामना 

कांग्रेस नगर समितिलाई वडा कार्य समतिको बधाई तथा शुभकामना 

  • PNN Times
  • शनिवार, कार्तिक १३ २०७८


  • कांग्रेस नगर समितिलाई  वडा कार्य समतिको बधाई तथा शुभकामना 

    कात्तिक १३, स्याङ्जा । नेपाली कांग्रेस वालिङ नगर समितिलाई वडा कार्य समतिले बधाई तथा शुभकामना व्यक्त गरेको छ । नेपाली कांग्रेस वडा कार्य समिति वालिङ ५ ले नव निर्वाचित नगर समितिलाई  बधाई तथा शुभकामना व्यक्त गरेको हो । 
    सनिबार जगतमा कार्यक्रम गरी बधाई तथा शुभकामना व्यक्त गरेको वडा कार्य समितिका सभापति छवि आलेले जानकारी दिनुभयो । 

    नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना सहित आगमी दिनमा नेपाली कांग्रेसको भावि योजनालाई संस्थागत रुपमा विकास गर्न सुझाब समेत दिएको वडा सभापति आलेले जानकारी दिनुभयो । 

    images

    कार्यक्रममा नेपाली कांग्रेस वालिङ नगर समितिका सभापति नेत्र पाण्डले आफु लगाया नेपाली कांग्रेसलाई जिताउन  सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको थियो । साथै उहाँले आगामी दिनमा कांग्रेसलाई थप बलियो बनाएर लैजाने बताउनु भयो ।

    कार्यक्रममा प्रमुख अतिथि एंव वालिङ नगरपालिका नगर प्रमुख दिलिप प्रताप खाँणले नव निर्वाचित समितिलाई बधाई दिदै आगामी अधिवेशनमा मिलेर अगाडी बढ्न आग्रह गर्नु भयो । साथै उहाँले पार्टीको आगामी अधिवेशनमा आफुलाई राम्रो लागेको नेतृत्वलाई भोट गरी नयाँ चयन गर्न आग्रह गर्नु भएको छ ।  

    436C87DC-C9AD-4695-88A1-EE32A5053DC5.jpeg

    साथै कार्यक्रममा नगर उप-प्रमुख कल्पना तिवारीले पार्टीलाई सुध्रिड गराउन एक ढिक्का भएर अगाडी बढ्न जोड दिनुभयो । 

    804C91ED-44B6-49EC-88A9-C06742665405.jpeg

    शनिवार, कार्तिक १३ २०७८०६:४७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend