Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पक्ष प्रतिपक्ष नभनी विश्वासको मत दिनुस् : मुख्यमन्त्री राई

पक्ष प्रतिपक्ष नभनी विश्वासको मत दिनुस् : मुख्यमन्त्री राई

  • PNN Times
  • बुधवार, मंसिर १ २०७८


  • पक्ष प्रतिपक्ष नभनी विश्वासको मत दिनुस् : मुख्यमन्त्री राई

    १ मंसिर,। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पक्ष, प्रतिपक्ष नभनी आफूलाई विश्वासको मत दिन सबै प्रदेशसभा सदस्यहरुलाई आग्रह गरेका छन् ।

    बुधबार प्रदेशसभामा विश्वासको मत माग्दै उनले सबै दलसँग सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको भन्दै आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । यो सरकार संविधानसम्मत ढंगले बनेको भन्दै मुख्यमन्त्री राईले प्रतिपक्षी दलले पनि समर्थन हुन्छ भन्ने आशा व्यक्त गरे ।

    images

    ‘अहिले हामी कानुनी व्यवस्थाले परम्पराले सत्तापक्ष र प्रतिपक्ष भए पनि हामी मिलेर काम गर्न सक्छौं । मिलेर काम नगर्दा स्वाभाविक रुपमा अप्ठ्यारो पर्छ’ उनले भने, ‘यो बीचमा यो सरकार परिवर्तनको सन्दर्भमा राजनीतिक ध्रुवीकरणको सन्दर्भमा मनहरु मिल्न सकेका छैनन् । अनेक कार्यक्रमको सन्दर्भमा, ऐन कानुन बनाउने सन्दर्भमा सहमतिका साथ जान यो सरकार प्रतिवद्ध छ ।’

    मुख्यमन्त्री राईले आफूलाई प्रमुख विपक्षी दल नेकपा एमालेले आफूलाई विश्वासको मत दिनकै लागि मंगलबारको बैठक स्थगित गर्न आग्रह गरेको बताए ।

    ‘बन्दको कारणले हामी उपस्थित हुन सकिएन भन्ने उहाँको भनाइ थियो’ उनले भने, विश्वासको मत लिन उहाँको अनुपस्थितिले केही फरक पर्ने थिएन । बहुमत सो गर्ने मुख्यमन्त्रीको दायित्वभित्र पर्ने कुरा हो । उहाँहरुले विश्वासको मत दिने मनसायका साथ संसद बैठक स्थगित गर्न आग्रह गर्नुभएको हुनसक्छ । किनभने विपक्षमा मत हाल्न अनुपस्थित हुँदा केही फरक पर्ने थिएन ।’

    मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने तयारी गरे पनि नेकपा एमालेले विप्लव समूहले गरेको नेपाल बन्दका कारण आफूहरु आउन नसक्ने भन्दै बैठक स्थगित गर्न माग गरेको थियो । एमालेको आग्रहका बाबजुद प्रदेशसभा बैठक बसे पनि एमाले अनुपस्थित भएपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरिदिएका थिए ।

    बुधवार, मंसिर १ २०७८०१:४८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend