मंसिर ३,वालिङ ।नेपाली काँङ्ग्रेसको १४ औँ महाधिवेशनको प्रदेश कार्यसभा क्षेत्रीय कार्यसमितिको नेतृत्व चयनका लागि मतदान चलिरहेको छ । स्याङ्जा क्षेत्र नं. २(क) को नेतृत्वका लागि वालिङको पतञ्जलीमा भएका मतदानमा दिउँसो २ः३० बजेसम्म ४०० मत खसेको मतदान अधिकृत दिपक लम्सालले जानकारी दिनुभएको छ । शुक्रबार बिहान १० बजेदेखि नै मतदान सुरु भएको मतदान अधिकृत लम्सालले जानकारी दिनुभयो ।




