Logo

शनिवार, कार्तिक १ गते २०८३

images

राष्ट्रिय युवा संघ नेपाल पैयुँ गाउँ कमिटिको अध्यक्षमा श्रेष्ठ

राष्ट्रिय युवा संघ नेपाल पैयुँ गाउँ कमिटिको अध्यक्षमा श्रेष्ठ

  • निर्भीक नारायण भुर्तेल
  • शनिवार, मंसिर ४ २०७८


  • राष्ट्रिय युवा संघ नेपाल पैयुँ गाउँ कमिटिको अध्यक्षमा श्रेष्ठ

    मंसिर ४, पर्वत । राष्ट्रिय युवा संघ नेपाल पैयुँ गाउँपालीकाको अध्यक्षमा लक्ष्मुमण श्रेष्ठ चयन भएका छन ।

    नेकपा एमालेककको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पैयुँ गाउँपालीकाको प्रथम अधिवेशनले श्रेष्ठको

    images

    अध्यक्षतामा ५१ सदस्यीय युवा समिति चयन गरेको हो ।

    कमिटीको उपाध्यक्षमा  सन्दिप राना, बुद्धि बस्याल, सचिवमा उमेश आले, उप-सचिवमा प्रेम न्यौपाने, भागरिथ भट्टाराई, र राजु थापारहेका छन ।

    566FDB08-AD66-4E97-B1F2-4CE93DE2C86B.jpeg

    कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष सुन्दर भुसालले युवाहरु नै परिवर्तनका संवाहक भएको कारण सबै मिलेर अगाडी बढ्नुपर्नेमा जाडो दिए ।

    उनले आगामी निर्वाचनमा एमाले विरुद्ध लड्ने यात्रा तय गरेको पाँच दलिय गठबन्धन लाई मैदानमा समेत आउन नदिई आफुहरुले बिचबाटो मै विलय बनाईदिने बताए ।

    केही समयको लागि सरकार टिकाउन मात्र गठित अनुचित तथा विकास विरोधी गठबन्धनलाईयुवा संघ नेपाल एक्लैले ठेगान लगाईदिने चेतावनी समेत दिए ।

    साथै कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सदस्य, जिल्ला सदस्य, गाउँपालिका अध्यक्ष, युवा संघका केन्द्रिय एंव जिल्लासदस्यहरुलगायतले युवाहरु जुजारु रुपमा अगाडी बढ्नु पर्ने र आगामी निर्वाचनमा एमालेलाई भारि मतका साथ जिताउनु पर्नेमा जोड दिएका थिए । 

    त्यसै गरी  युथफोर्सको अध्यक्षमा अनिष मिया र सह-अध्यक्षमा मुना राना चयन भएका छन । 

    शनिवार, मंसिर ४ २०७८१०:३०:४७

    निर्भीक नारायण भुर्तेल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend