Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अग्रजलाई सम्मान, भावि पुस्तालाई सहयोग र असल राजनीतिक संस्कार बसाल्न खाँणको उम्मेदवारी

अग्रजलाई सम्मान, भावि पुस्तालाई सहयोग र असल राजनीतिक संस्कार बसाल्न खाँणको उम्मेदवारी

  • PNN Times
  • आइतवार, मंसिर ५ २०७८


  • अग्रजलाई सम्मान, भावि पुस्तालाई सहयोग र असल राजनीतिक संस्कार बसाल्न खाँणको उम्मेदवारी

    मंसिर ५, स्याङ्जा । राष्ट्रियता माटो होइन, नागरीकको  सामूहिक भावना (विचार) हो भन्ने, राजनीतीलाई नितान्त सेवा ठान्ने । आफ्नो काम इमान्दारीताका साथ गर्नु पर्छ भन्ने र सधै नागरीकको सेवामा अहोरात्र खटेर राजनीति गर्ने धेरै कम नेताहरु मध्येका एक सफल नेता हुन दिलिप प्रताप खाँण । 

    वालिङलाई स्मार्ट नगरको रुपमा नेपाल भर चिनाउन सफल, स्मार्ट सिटिका अभियान्ता वालिङ नगरपालिकाका नगरप्रमुख, दिलीप प्रताप खाँड बाबा यामबाहदुर खाँड आमा फुलकुमारी खाँडका काइलो छोरा हुन । वि.सं. २०२४ भदौ १५ गते  वालिङको सुर्कौदीमा उनको जन्म भएको हो ।  

    नेपाली राजनीतिको कठिन घडीहरुमा नेतृत्वदायी भूमिकामा रहेका आफ्नो हजुरबुवा, बुवा र दाजुहरुले कोरेको गोरेटोका बटुवा हुन्– दिलिपप्रताप खाँण । राजनीतिक पारिवारिक पृष्ठभूमिबाट प्राप्त अनुभव तथा सिकाई नै खाँडको राजनैतिक ज्ञान हो । त्यही ज्ञानलाई ब्यवहारमा लागू गर्दै वि.सं. २०३८ सालमा श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका उनी नेपाली राजनीतिमा आज सम्म पनि निरन्तर लागि रहेका छन ।

    images

    अत्यन्तै सरल जीवनशैलीका खाँड विचारका धनी छन् । उनी केही समय शिक्षण पेशामा पनि आवद्ध थिए । फरक विचारलाई सम्मान दिने खाँणले २०४७ सालमा नेपाली काँग्रेसको सक्रिय सदस्यता लिएका हुन् । पार्टीको संगठन विस्तार,असल राजनैतिक संस्कारको स्थापना,प्रजातन्त्रको यथार्थ कार्यान्वयन र अवलम्बनका लागि ध्यान दिंदै आएका खाँण वि. सं. २०५४ सालमा वालिङ नगरपालिकाको उपप्रमुखमा विजयी भएका थिए ।

    अति मिलनसार, सरल, सहयोगी, विकासप्रेमी, शैक्षिक र बौद्धिक क्षमता, दृढ संकल्पका धनी दिलिप प्रताप खाँण नेपाली काँग्रेसको राजनीतिमा एउटा सुपरिचित नाम मात्र होइन-एक ब्राण्ड बनेको छ  ।

    समाजसेवालाई जीवनको सन्तुष्टिको रुपमा स्वीकार्ने खाँडले राजनीतिसँगै विभिन्न संघसंस्थामा रहेर महत्वपूर्ण कार्यहरु गर्दै आइरहेका छन् । वि. सं. २०५४ देखि २०५९ सालसम्म वालिङ नगरपालिकाको उपप्रमुख भएर गरेको नागरिकको सेवा र नगरपालिकाको विकासको कामले २०७४ सालको स्थानीय निर्वाचनमा भारी मतले उनी वालिङ नगरपालिकाको नगर प्रमुखमा विजयी बनेका हुन् ।

    नेपाली काँग्रेस वालिङ नगर सभापतिको ३ कार्यकाल सम्हालेका खाँड वालिङमा मात्रै नभएर स्याङ्जा जिल्लामा नै पार्टीको बलियो खम्बाका रुपमा स्थापित छन् ।

    दिलिप प्रताप खाँडको नेतृत्वमा रहेको वालिङ नगरपालिका स्मार्ट नगरपालिकाको रुपमा देशैभर परिचित छ । खाँड नगरप्रमुख भएपछि विकास निर्माण,प्रविधियुक्त कार्यशैलि,फोहोरमैला व्यवस्थापन, लगायतका विभिन्न कारणले समय समयमा नेपाल सरकारबाट नगरपालिका पुरस्कृत हुँदै आएको छ । देशका ७ सय ५३ वटा स्थानिय तहहरुमध्ये वालिङलाई उत्कृष्ट पालिकाको रुपमा चिनाउन खाँडको प्रमुख भूमिका रहेको छ । उनी जुनसुकै काम होस् वा राजनीति फरक तरिकाले गर्दछन् ।

    कामप्रतिको निरन्तर लगाव तथा जनप्रतिनिधि र कर्मचारीहरुको परिचालनमा विशेष ध्यान दिएकै कारण विश्वब्यापी महामारीको रुपमा फैलिएकोे कोभिड १९ को संक्रमणको समयमा त्यसको उचित ब्यवस्थापन उनको नेतृत्वले गरेको अविस्मरणीय, अनुकरणीय, मानवीय संवेदनासँग जोडिएको कार्य हो ।

    वालिङलाई स्मार्ट सिटी बनाउने दीर्घकालीन लक्ष्यसहित अगाडि बढेका खाँण दुरदर्शी,भ्रष्टाचार विरोधी र पारदर्शी नेता भएको उनका कार्यहरुले नै पुष्टि गरिसकेका छन् ।

    खाँडले वालिङ नगरपालिकाको तत्कालीन, मध्यकालिन र दीर्घकालिन योजना बनाएर नै विकासका कामलाई अगाडी बढाएका छन ।  
    पार्टीभित्रको निर्वाचन आन्तरिक प्रतिस्पर्धा र प्रजातान्त्रिक पद्धति भएकाले भोलिका दिनमा बिजेता उपबिजेता एकैठाउँमा उभिएर पुनः संगठन मजबुत बनाउनतर्फ लाग्नुपर्ने उनको धारणा छ ।

    खाँडको नेतृत्वमा भएका सम्पूर्ण काम तथा योजना सार्थक भएका मात्र छैनन् लक्ष्य प्राप्तिमा सबल र सफल भएका छन् ।
    यिनै सफलतासँगै २०७८ मंसिर ६ गते हुने नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशनमा खाँड सभापतिको उम्मेदवारी दिएका छन् । 

    खाँणको उम्मेदवारी भोट किन?

    १) पार्टी भित्रका भिन्न मतहरुको सम्मान तथा सुनुवाई गर्न ।
    २) संगठन विस्तार गर्दै आगामी निर्वाचनहरुमा पार्टीलाई नेतृत्वदायी भूमिकामा पुर्याउन ।
    ३) कार्यकर्ताहरुमाझ पार्टीको विचारलाई प्रशिक्षण र गर्न ।
    ४) अग्रजलाई सम्मान र भावि पुस्तालाई सहयोग तथा असल राजनीतिक संस्कार बसाल्न ।

    आइतवार, मंसिर ५ २०७८०८:१७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend