मंसिर ६, स्याङ्जा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत स्याङजा निर्वाचन क्षेत्र नम्बर २ को मतदान सुरु भएको छ ।
वालिङ खेल मैदानमा सोमबार दिउँसो १ः३० बजेदेखि मतदान सुरु भएको हो ।
दुई पक्षबीच कडा प्रतिस्पर्धाको अपेक्षा गरिएको यस निर्वाचनमा वालिङ नगरपालिकाका नगरप्रमुख दिलीपप्रताप खाँड र ध्रुव पंगेनीको क्षेत्रीय सभापतिमा उम्मेद्वार रहेका छन् ।
बिहानदेखि नै मतदाताहरु कतदान स्थलमा उपस्थित भएपनि मतपत्र आउन ढिला भएको कारण मतदान ढिला भएको मतदान अधिकृत हरि रेग्मीले बताउनुभयो ।
यसैबीच आफ्ना बाबुको किरीयाकर्ममा बसेको चौँथो दिनमा केन्द्रिय महाधिवेशन प्रतिनिधि पदका उम्मेद्वार सुनिल खड्का अन्य मतदातामाझ भोट माग्दै मागि रहेका छन ।

गल्याङ नगरपालिा वडा नम्बर ७ घर भएका खण्डकाले विहान देखि भोट मागि रहेका छन । यो भन्दा अघि सामाजिक सञ्जालबाट आफ्नो उम्मेदवार किन भन्ने विषयमा जानकारी गराएको भएता पनि निर्वाचनको दिन मैदानमा नै आएर भोट मागेको खड्काले बताउनु भयो । उहाँले केन्द्रसंग आफ्नो ठाउँलाई पहुचमा पुर्याउन पनि आफु निर्वाचनमा भाग लिएको जानकारी दिनु भयो ।

प्रतिनिधि सभा क्षेत्रीय समितिको लागि र केन्द्रीय महाधिवेशन प्रतिनिधिको वालिङमा १२ सय ३० जना मतदाताले भोट गर्दै छन । नेपाली कांग्रेस स्याङ्जा प्रतिनिधि सभा क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाँण र ग्यालङ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष धुव्र पंगेनि बिच प्रतिप्रर्धा हुदै छ ।
फोटो फिचर....









