Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेपाली कांग्रेस स्याङ्जा क्षेत्रीय सभापतिमा खाँण भारि मतले विजयी 

नेपाली कांग्रेस स्याङ्जा क्षेत्रीय सभापतिमा खाँण भारि मतले विजयी 

  • निर्भीक नारायण भुर्तेल
  • मंगलवार, मंसिर ७ २०७८


  • नेपाली कांग्रेस स्याङ्जा क्षेत्रीय सभापतिमा खाँण भारि मतले विजयी 

    मंसिर ७, स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर दुईको सभापतिमा वालिङ नगरपालिकाका नगरप्रमुख दिलिप प्रताप खाँण विजयी हुनु भएको छ । सोमबार भएको अधिवेशनमा खाँणले ८ यस २३   मत प्राप्त गरी विजयी हुनु भएको हो । आफ्नो प्रतिद्वन्दी धुव्र पंगेनिले भन्दा ४ सय ५९ बढी मत ल्याई खाँण भारी मतका साथ क्षेत्रीय सभापतिमा विजयी हुनु भएको छ । 

    अधिवेशनमा खसेको कुल १२ सय ६ मत मध्ये खाँणले ८ सय २३ मत प्राप्त गर्नु भएको छ भने पंगेनीले जम्मा ३ सय ६४ मत प्राप्त गर्नु भएको हो । 

    images

    राष्ट्रियता माटो होइन, नागरीकको  सामूहिक भावना (विचार) हो भन्ने, राजनीतीलाई नितान्त सेवा ठान्ने । आफ्नो काम इमान्दारीताका साथ गर्नु पर्छ भन्ने र सधै नागरीकको सेवामा अहोरात्र खटेर राजनीति गर्ने धेरै कम नेताहरु मध्येका एक सफल नेता हुनुहुन्छ दिलिप प्रताप खाँण । 

    वालिङलाई स्मार्ट नगरको रुपमा नेपाल भर चिनाउन सफल, स्मार्ट सिटिका अभियान्ता वालिङ नगरपालिकाका नगरप्रमुख, दिलीप प्रताप खाँण वि.सं. २०३८ सालमा श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर नेपाली राजनीतिमा आज सम्म पनि निरन्तर लागि रहेका छन ।

    अत्यन्तै सरल जीवनशैलीका खाँड विचारका धनी छन् । उनी केही समय शिक्षण पेशामा पनि आवद्ध थिए । फरक विचारलाई सम्मान दिने खाँणले २०४७ सालमा नेपाली काँग्रेसको सक्रिय सदस्यता लिएका हुन् । पार्टीको संगठन विस्तार,असल राजनैतिक संस्कारको स्थापना,प्रजातन्त्रको यथार्थ कार्यान्वयन र अवलम्बनका लागि ध्यान दिंदै आएका खाँण वि. सं. २०५४ सालमा वालिङ नगरपालिकाको उपप्रमुखमा विजयी भएका थिए ।


    अति मिलनसार, सरल, सहयोगी, विकासप्रेमी, शैक्षिक र बौद्धिक क्षमता, दृढ संकल्पका धनी दिलिप प्रताप खाँण नेपाली कांग्रेसको राजनीतिमा एउटा सुपरिचित नाम मात्र होइन-एक ब्राण्ड बनेको छ  । 


    खाँडको नेतृत्वमा रहेको वालिङ नगरपालिका स्मार्ट नगरपालिकाको रुपमा देशैभर परिचित छ । खाँड नगरप्रमुख भएपछि विकास निर्माण,प्रविधियुक्त कार्यशैलि,फोहोरमैला व्यवस्थापन, लगायतका विभिन्न कारणले समय समयमा नेपाल सरकारबाट नगरपालिका पुरस्कृत हुँदै आएको छ । देशका ७ सय ५३ वटा स्थानिय तहहरुमध्ये वालिङलाई उत्कृष्ट पालिकाको रुपमा चिनाउन खाँडको प्रमुख भूमिका रहेको छ । 


    क्षेत्रीय सभापतिमा भारी मतले विजयी प्राप्त गरेसंगै खाँण आगामी निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सांसदको लागि बलियो उम्मेदवार को दाबेदार बनेका छन । 


    को हुन दिलिप प्रताप खाँण (भिडियो हेर्नुहोस)

    मंगलवार, मंसिर ७ २०७८०७:५३:०४

    निर्भीक नारायण भुर्तेल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend