Logo

शनिवार, कार्तिक १ गते २०८३

images

प्रचण्डले भने- म प्रधानमन्त्रीभन्दा कम छैन

प्रचण्डले भने- म प्रधानमन्त्रीभन्दा कम छैन

  • PNN Times
  • बुधवार, मंसिर ८ २०७८


  • प्रचण्डले भने- म प्रधानमन्त्रीभन्दा कम छैन

    ८ मंसिर, धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अहिले प्रधानमन्त्री पदमा नभए पनि प्रधानमन्त्रीभन्दा कम नभएको बताएका छन् ।
    कैलालीको भजनी नगरपालिकाको प्रशासकीय भवन उदघाटन कार्यक्रममा प्रचण्डले बुधबार सो अभिव्यक्ति दिएका हुन् ।

    कार्यक्रममा प्रचण्डले भने, ‘हुन त अहिले म प्रधानमन्त्री छैन । तर प्रधानमन्त्रीभन्दा कम पनि छैन ।’

    images

    आफूले भनेको नमान्दा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीको प्रधानमन्त्री पद गुमाउनु परेको बताउँदै प्रचण्डले यसपटक भने त्यसो नहुने बताए ।

    प्रचण्डले भने, ‘मैले भन्याजति केही काम नगर्ने कसम खाए केपी ओलीले । त्यही भएर उनी बालुवाटारबाट बालकोट पुगे । अहिले सातै प्रदेशबाट सरकारबाट हात धुनुपर्‍याछ ।’

    बुधवार, मंसिर ८ २०७८०१:१३:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend