मंसिर ८, वालिङमा नेकपा एमालेले आसन्न १०औं महाधिवेशनको प्रचारप्रसारका लागि वृहत मोटरसाइकल र्याली गरिएको छ । महाधिवेशनको प्रचारप्रसारका एंव शुभकामनाको लागि वृहत मोटरसाइकल र्याली गरिएको हो ।
वालिङको क्याम्पस रोड देखी भकुण्डे, भुम्रे हुदै मोडमा आएर र्याली कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै नेकपा एमाले वालिङ नगरकमिटिका अध्यक्ष शोभाकान्त पौडेलले १०औं महाधिवेशनको शुभकामना व्यक्त गर्नु भयो ।

उहाँले नेकपा एमालेले जितेको छैन त्यहा नागरिकहरु हारेको महशुस गरेको बताउनु भयो । वर्तमान सरकारले नागरिकको हक हित र देश विकासलाई रोक्ने काम गरेको भन्दै आगामी निर्वाचनमा पुन नेकपा एमाले अगाडी आउने पौडेलले बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य हुम बहादुर गुरुङ, गोपाल कडेल लगायतले १०औं महाधिवेशनको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

