Logo

शनिवार, कार्तिक १ गते २०८३

images
महिलाहरुलाई राजनीतिमा पनि हिंसा–तिवारी

वालिङमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु (फोटो फिचर)

वालिङमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु (फोटो फिचर)

  • निर्भीक नारायण भुर्तेल
  • बिहिवार, मंसिर ९ २०७८


  • वालिङमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु (फोटो फिचर)

    मंसिर १०, स्याङ्जा । स्याङ्जाको वालिङमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । विहीबार वालिङमा र्याली र रिवन लगाई लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात गरिएको हो ।  लैगिंक हिंसा विरुद्धको दिवसको सुरुवात गर्दै वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाँणले लैगिक हिंसा विरुद्ध विभिन्न समयमा गरिएका प्रतिबद्धताका बाबजुद पनि देशमा यस प्रकारका हिंसा बढ्नु र पीडितले न्याय नपाउनु गम्भीर विषय भएको बताउनुभयो ।

    महिला र पुरुषबीच असमान शक्ति सम्बन्ध, महिला अधिकारका बारेमा न्यून चेतना तथा हिंसामा परेकाहरुले प्राप्त गर्ने सीमित न्याय लगायतका कारण हिंसा न्यूनीकरण हुन नसकेको प्रमुख खाँणले बताउनुभयो ।

    images

    IMG_8178.JPG


    महिलाहरुलाई राजनीतिमा पनि हिंसा–तिवारी

    कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले महिलाहरुले राजनीतिमा पनि हिंसा भोग्नु परेको बताउनु भयो । महिलाहरुलाई राजनीतिमा पनि हिंसा भोग्नु परेको छ तर यसलाई रोक्न महिला पुरुष सबै लाग्नु पर्ने बताउनु भयो । विभिन्न कु–संस्कारले गर्दा समाजमा हिंसाका घटनाहरु भईरहेका छन त्यसलाई न्युनिकरण गर्न सबै लाग्न तिवारीले आग्रह गर्नु भयो । 

    IMG_8089.JPG

    कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टाराईले  लैंगिक हिंसाविरुद्ध विभिन्न खालका सचेतना कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले नेपालमा महिला हिंसा बढी रहेको कारण हिंसालाई प्रतिवाद गर्ने र समन्यायिक समाज बनाउन यस्ता कार्यक्रमहरु गर्नु पर्ने बताउनु भयो । उहाँले १६ दिन भित्र अन्य कार्यक्रमहरु पनि गर्ने बताउनु भयो । 

    IMG_8093.JPG
    सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ ।

    एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।

    IMG_8127.JPG

    IMG_8209.JPG

    IMG_8185.JPG

    IMG_8065.JPGIMG_8075.JPG

    mahila hinsa.JPG

    IMG_8205.JPG

    बिहिवार, मंसिर ९ २०७८११:०५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend