Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेपाली कांग्रेस स्याङ्जाको सभापतिमा थापा विजयी

नेपाली कांग्रेस स्याङ्जाको सभापतिमा थापा विजयी

  • PNN Times
  • शनिवार, मंसिर ११ २०७८


  • मंसिर ११, स्याङजा । स्याङ्जा जिल्लाको नेपाली कांग्रेस सभापतिमा राजु थापा विजयी भएका छन् । शनिबार सार्वजनिक मतपरिणाम अनुसार उनले अर्का उम्मेदवार भागवत प्रकाश मल्ललाई पराजित गरेका हुन् ।

    विजयी थापाले ११ सय १७ मत पाएका छन् भने मल्लले एक हजार ८५ मत पाएको कांग्रेस जिल्ला निर्वाचन समितिले जनाएको छ ।

    images

    थापा कांग्रेस नेता डा. शेखर कोइरालानिकट हुन् भने मल्ल स्याङ्जाकै नेता गोपालमान श्रेष्ठ निकट हुन् । थापा दोस्रो संविधान सभानिर्वाचनमा विजयी भएका थिए भने मल्ल गण्डकी प्रदेश सभा सदस्य हुन्।

    दुई उपसभापति पदका लागि भएको निर्वाचनमा केदार काफ्ले र शेरबहादुर थापा विजयी भएका छन् । काफ्लेले १३७० मत पाए भनेथापाले ८९३ मत पाएका छन् ।

    त्यस्तै सचिवमा गुरुप्रसाद भट्टराई र दामोदर लम्साल विजयी भएका छन् । निर्वाचन समितिका अनुसार भट्टराईले १२ सय ९२ मत पाएभने लम्सालले ९३४ मत पाए ।

    सहसचिवमा विजयी ध्रुवबन्धु पौडेल र पृथ्वीप्रसाद पोखरेल विजयी भएका छन् । पौडेलले ११ सय ५८ र पोखरेलले ९३९ मत पाएकोनिर्वाचन समितिले जनाएको छ ।

    कांग्रेस विधानमा जिल्ला कार्यसमितिमा दुई उपसभापति, दुई सचिव र दुई सहसचिवको व्यवस्था गरेको छ । कोषाध्यक्ष भने मनोनितगरिनेछ ।

    शनिवार, मंसिर ११ २०७८०१:३०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend