Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पूर्वमन्त्री पद्मा अर्याल र बस्नेतलाई पदाधिकारीमा निर्वाचित गर्न माग

पूर्वमन्त्री पद्मा अर्याल र बस्नेतलाई पदाधिकारीमा निर्वाचित गर्न माग

  • PNN Times
  • शनिवार, मंसिर ११ २०७८


  • पूर्वमन्त्री पद्मा अर्याल र बस्नेतलाई पदाधिकारीमा निर्वाचित गर्न माग

    मंसिर ११, चितवन ।  नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा मार्फत पूर्व मन्त्री पद्मा अर्याल र महेश बस्नेतलाई पदाधिकारीमा निर्वाचित गर्न नेता तथा कार्यकर्ताले माग गरेका छन ।

    बन्दसत्र चलिरहेको बेला महाधिवेशन प्रतिनिधि बनेर आएका नेता तथा कार्यकर्ताले अध्यक्ष केपि ओलिलाई प्रधानमन्त्री भएको बेला कार्यकाल सफल बनाउन प्रमुख भुमिका निर्वाह गर्ने अर्याल र बस्नेतलाई पदाधिकारीमा निर्वाचित गर्न माग गरेका हुन ।

    images

    ओलि प्रधानमन्त्री हुदा अर्यालले नयाँ नक्सा सार्बजनिक, सगरमाथाको उचाई मापन, अतिक्रमित ४ सय २१ विगाहा सरकारी जग्गा सरकारको नाममा फिर्ता, बंगलादेश र चिन(तातोपानी नाका) बाँट रासायनिक मल आयात, मालपोत र नापीको डिजिटल र प्रशासनिक सुधार र एक पालीका एक अस्पताल अवधारणा ल्याएर देशको गरिमा बढाउने काम गरेको भन्दै अर्याललाई पार्टीमा पदाधिकारीको जिम्मा दिएर काम गराउन उनिहरुले माग गरेका छन ।

    साथै पार्टी विभाजन हुदा नेता बस्नेतले पार्टीलाई सुदृढ़ीकरण बनाउन प्रमुख भुमिका खेलेका थिए ।

    युवाहरु माझँ लोकप्रिय पूर्व मन्त्री अर्याल र बस्नेत हाल नेकपा एमालेको केन्द्रिय सदस्य हुन । नेता अर्याल नेकपा एमाले स्याङ्जा जिल्ला ईन्चार्ज समेत हुन ।

    0E8BF05F-1259-485E-8795-5A8B2257A92D.jpeg

    शनिवार, मंसिर ११ २०७८०२:२४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend