Logo

शनिवार, कार्तिक १ गते २०८३

images

‘एमाले निरंकुश भयो, पर्चा पनि बाँड्न दिइएन’

‘एमाले निरंकुश भयो, पर्चा पनि बाँड्न दिइएन’

  • PNN Times
  • आइतवार, मंसिर १२ २०७८


  • ‘एमाले निरंकुश भयो, पर्चा पनि बाँड्न दिइएन’

    १२ मंसिर,। एमाले अध्यक्षमा उम्मेदवार घोषणा गरेका भीम रावलको पक्षमा भोट माग्दै गर्दा स्वयंसेवकहरुबाट बन्दसत्रको मूल गेटभन्दा बाहिर पठाइएका एक कार्यकर्ता योगेश बमले एमाले निरंकुश बन्न खोजेको गुनासो गरेका छन् ।

    अनलाइनखबरसँग कुरा गर्दै कैलाली बौनियाका योगेश बमले भने, ‘हामी त कम्युनिष्टमा बोल्न पाइन्छ, विरोध गर्न पाइन्छ भनेर कम्युनिष्ट बनेर आएको हो । तर यहाँ कम्युनिष्टभित्र पनि राणा शासनभन्दा पनि निरंकुश शासन छ ।’

    images
    आफूहरु लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्न चितवन महाधिवेशनमा आएको बताउँदै उनले भने, ‘देशभरबाट प्रतिनिधिहरु आएका छन् खर्च भएको छ । हामीलाई यहाँ तमासा हेर्न बोलाएको हो ? आज चुनावको दिन हो, चुनाव गराउनु पर्यो नि ।’

    यस्तो छ योगेशले अनलाइनखबरलाई दिएको प्रतिक्रिया–

    भीम रावल कमरेड पार्टीमा एक्लै लडिराख्नु भाछ । तपाईं एक्लै हुनुहुन्न हामी कार्यकर्ताहरु तपाईंको साथमा छौं । जनताको बहदुलीय जनवादको सिद्धान्त बचाउनका लागि हामीले भोट मागिरहेको हो ।

    आज त चुनावको दिन हो । एउटा व्यक्तिको पदको लागि रातारात १२ बजे विधान संशोधन गर्ने ? त्यत्रो १० करोड खर्च गरेर गोदावरीमा विधान संशोधन गरेको होइन ? आफूलाई मनलाग्दी जे पनि गर्ने ? आज चुनावको दिन हो, चुनाव गराउनु पर्यो नि । देशभरबाट प्रतिनिधिहरु आएका छन् खर्च भएको छ । हामीलाई यहाँ तमासा हेर्न बोलाएको हो ? आज भोट हाल्ने दिन होइन ? आज पनि बन्दसत्र गर्ने ? हिजो बन्दसत्र भएको होइन ? त्यही भएर भोट माग्न गएको हो ।

    तर के गर्ने, हामी एमालेका कार्यकर्ता, एमालेकै कार्यकर्ताले लखेट्छन् के गर्ने अब । दिन यस्तै आयो, सबैको दिन आउने रहेछ ।

    स्वयंसेवकहरुले तपाईं जानुस् जानुस् गेट बाहिर जानुस्, यहाँ भोट माग्न पाइँदैन, यहाँ त सहमति हुन्छ भने । स्वयंसेवकहरु आफैं केपी ओली भइसक्नुभयो । यहाँ रुन मन लागेको छ, आँखामा आँसु मात्र आएन । उहाँबाट यहाँसम्म धकेलेर बाहिर निकाले । कस्तो अवस्था आयो एमालेमा हेर्नुस् न । लोकतान्त्रिक पार्टी अरे ।

    हामी त कम्युनिष्टमा त बोल्न पाइन्छ, विरोध गर्न पाइन्छ भनेर कम्युनिष्ट बनेर आएको हो । तर यहाँ कम्युनिष्टभित्र पनि राणा शासनभन्दा पनि निरंकुश शासन छ के गर्ने, यस्तो हो राजनीति ।

    नेतृत्व निरंकुश भयो । नेतृत्व अहंकारी भइसकेपछि कार्यकर्ताले के सिक्छ ? मेरो नेतृत्व छ । नेतृत्वले जे पनि गरिदिन्छ भन्ने अहंकार पैदा भयो ।

    मलाई धकेल्न केपी ओली भन्दा पनि महा केपी ओली आउनुभयो । महिलाले धकेल्नुभयो । तपाईं महिला हो, मलाई नधकेल्नुस् भनें । सम्मान गर्नुस्, म आफैं जान्छु बाहिर भनें । थप बोलिनँ मैले ।

    यो (पर्चा देखाउँदै) बाँड्न नमिल्ने कस्तो एमाले ? कस्तो जबज आयो ? आज चुनावको दिन हो नि । हामी कैलालीदेखि आएका छौं आज चुनावको दिन भनेर । अहिलेसम्म चुनाव भा छैन । आफूलाई मनलाग्दा राति १२ बजे पनि पदाधिकारी थप्ने । आठौं महाधिवेशनमा केपी ओलीले चुनाव हार्नुभयो, नवौंमा जित्नुभयो । अहिले पनि चुनाव लडेर जिते भइहाल्यो नि । भीम रावललाई हेर्नुस् मेरो दम भनेर देखाइदिए भइहाल्यो नि ।

    केपी कमरेडको गुटभित्र १७ जना सचिवको उम्मेदवार छन् नि । पद सात जनाको छ । भीम कमरेडको अध्यक्षमा उम्मेदवारी हुनेवित्तिकै सबै कमरेडको सचिवमा, उपाध्यक्षमा उम्मेदवारी हुन्छ ।

     

    आइतवार, मंसिर १२ २०७८०१:१३:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend