मंसिर १३, चितवन । नेकपा एमालेको केन्द्रीय सदस्य पद्मा अर्यालले केन्द्रिय सचिव पदमा उम्मेदवारी दर्ता गरेकी छन्। २०७१ सालमा पार्टीकेन्द्रीय सदस्य भएकी अर्यालले पार्टीको दशौं महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दर्ता गरेकी हुन ।
नेकपा अध्यक्ष ओलीले आफूलाई प्राप्त सर्वाधिकार प्रयोग गर्दै १९ जना पदाधिकारीमध्ये अर्याललाई सचिवमा प्रस्ताव गरेका थिए ।
स्याङ्जा जिल्लाको एमाले अध्यक्ष भइसकेकी अर्याल २०७४ को निर्वाचनमा स्याङ्जा- २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकीथिइन्। उनले उपप्रधानमन्त्री तथा शिक्षामन्त्री रहेका कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई हराएकी थिइन्।
त्यसअघि उनी पहिलो संविधानसभामा समानुपातिक सभासद् बनेकी थिइन्। ओली नेतृत्वको सरकारमा अर्याल मन्त्री बनेकी थिइन्।सुरूमा स्वास्थ्य राज्यमन्त्री भएकी उनी पछि भूमि र कृषि मन्त्री बनेकी थिइन्।
अर्यालले नयाँ नक्सा सार्बजनिक, सगरमाथाको उचाई मापन, अतिक्रमित ४ सय २१ विगाहा सरकारी जग्गा सरकारको नाममा फिर्ता, बंगलादेश र चिन(तातोपानी नाका) बाँट रासायनिक मल आयात, मालपोत र नापीको डिजिटल र प्रशासनिक सुधार र एक पालीका एकअस्पताल अवधारणा ल्याएर देशको गरिमा बढाउने काम गरेकी थिईन ।