Logo

शनिवार, कार्तिक १ गते २०८३

images

एमाले अध्यक्षमा ओली विजयी

एमाले अध्यक्षमा ओली विजयी

  • PNN Times
  • मंगलवार, मंसिर १४ २०७८


  • एमाले अध्यक्षमा ओली विजयी

    मंसिर १४,  चितवन । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् ।

    चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

    images

    ओलीले १८०८  मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका  निर्वाचन समितिका सदस्य बाबुराम दाहाललेजानकारी दिए । यद्यपि निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन ।

    सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

    नवौं महाधिवेशनमा निर्वाचित भएदेखि एमालेको नेतृत्व ओलीले सम्हाल्दै आएका छन् । नवौं महाधिवेशनबाट रावल उपाध्यक्ष बनेकाथिए । १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि रावलले अध्यक्ष नबने केन्द्रीय सदस्यमा पनि नरहने घोषणा गरेका थिए ।

    मंगलवार, मंसिर १४ २०७८०३:०२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend