Logo

शनिवार, कार्तिक १ गते २०८३

images

गठबन्धन टुटाउने अनेक कसरत भएका छन -प्रचण्ड

गठबन्धन टुटाउने अनेक कसरत भएका छन -प्रचण्ड

  • PNN Times
  • शनिवार, मंसिर १८ २०७८


  • गठबन्धन टुटाउने अनेक कसरत भएका छन -प्रचण्ड

    काठमाडौँ -सत्ता साझेदारको प्रमुख घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धन भत्काउने प्रयास सुरु भएको बताएका छन् । पार्टी निकटको पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालको शनिबारदेखि भरतपुरमा सुरु भएको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै दाहालले भने, ‘मान्छेहरु यो गठबन्धन टुटाउनलाई अनेक खालका कसरत गरेका छन् । मलाई धेरै कुरा बडो डिटेलमा थाहा छ ।’ ती कुरा अहिल्यै नभन्ने पनि उनले बताए ।

    गठबन्धन बनाएर सरकार निर्माण भएपछि जनतामा, देशमा र अन्तर्राष्ट्रिय क्षेत्रमा जे सन्देश दिन खोजेको हो त्यसमा अझै सफल नभएको उनले स्वीकार गरे । ‘त्यो दिशातर्फ हाम्रो कदमै चलेका छैन भन्ने पनि हैन । तपाईं पत्रकार साथीहरुले अलि वैचारिक ढंगले, आक्रमक ढंगले सरकारलाई सकारात्मक ढंगले उत्प्रेरित गर्ने काम पनि छाड्नु हुँदैन’, दाहालले अपिल गरे ।

    मंसिर २८ मा संसद् बसे पनि एमसीसी र न्यायालयको विवादका विषयमा सहमतिबाटै काम कारबाही अगाडि बढ्ने उनले बताए । ‘कसैले एमसीसीका लागि कसैले महाभियोगका लागि संसद् बोलाएको होला कि भनेर सोचेका छन् । यो हिउँदे अधिवेशन हो । बोलाउने गर्दथ्यो । एमसीसी बारेमा पनि राष्ट्रिय सहमति र दलहरुको समझदारीबाटै जान्छौं । जबर्जस्ती गरेर कसैले हुने कुरा छैन’, दाहालले भने ।

    images

    न्यायालयको विवाद निरुपणको विषयमा पनि महाअभियोग लगाउने वा नलगाउने भन्ने निर्क्योल सहमतिमै गर्ने उनले बताए । ‘महाअभियोग पनि राष्ट्रिय हितअनुसार राजनैतिक सहमतिको आधारमा लगाउन हुने/नहुने कुरा हुन्छ । त्यसैले यी विषयमा चिन्ता नमान्नु होला’, दाहालले भने ।

    चितवनमा हालै १० औं राष्ट्रिय महाधिवेशन गरेपछि एमाले पार्टी मण्डलेहरु, पञ्चायती र निरंकुशतावादीको मोर्चामा पतन भएको दाहालको टिप्पणी थियो ।

    शनिवार, मंसिर १८ २०७८०४:३२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend