Logo

शनिवार, कार्तिक १ गते २०८३

images

प्रचण्डको अर्थशास्त्र फेल खायो –एमाले सचिव अर्याल

प्रचण्डको अर्थशास्त्र फेल खायो –एमाले सचिव अर्याल

  • मोहन सुनार
  • बिहिवार, पौष १ २०७८


  • प्रचण्डको अर्थशास्त्र फेल खायो –एमाले सचिव अर्याल
    नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा कुमारी अर्यालले नेकपा माओवादी केन्द्रका अघ्यक्ष क. प्रचण्डको कारण सेयर बजार घटेको बताउनुभएको छ । स्याङजाको वालिङमा नेकपा एमाले वालिङ नगरकमिटिले विहिबार आयोजना गरेको बधाई, अभिनन्दन तथा प्रशिक्षण कार्यक्रममा सम्वोधन गर्दै सचिव अर्यालले सेयर बजार बारे प्रचण्डले दिएको अभिव्यक्तिका कारण अहिले हजारौ लगानी कर्ता मर्कामा परेका बताउनु भएको हो ।
    सत्ताधारी  नेताले बिचार नपुर्याई बोलेका कारण आज सेयर बजार घटेको  सचिव अर्यालको भनाई छ ।

    कार्यक्रममा नेकपा एमाले वालिङ नगर कमिटीले प्रशिक्षणका साथै हालै सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई सम्मान सहित बधाई ज्ञापन गरेको थियो ।
    कमिटीले पार्टीको नवनिर्वाचित केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा कुमारी अर्याल, केन्द्रीय सदस्यहरु सीता सुन्दास, सीमा क्षत्री, किशोरविक्रम मल्ललाई सम्मान गरेको हो ।
    यसैगरी नेकपा एमाले गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष मोहन रेग्मी तथा हालै मनोनित हुनुभएका प्रेस चौतारीको केन्द्रीय सदस्य हिमलाल पराजुलीलाई समेत पार्टीले सम्मान गरेको छ ।

    बिहिवार, पौष १ २०७८०६:३३:००

    मोहन सुनार

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend