Logo

शनिवार, कार्तिक १ गते २०८३

images

निर्वाचन घोषणासंगै नयाँ गठबन्धन टुट्छः एमाले सचिव अर्याल

निर्वाचन घोषणासंगै नयाँ गठबन्धन टुट्छः एमाले सचिव अर्याल

  • मोहन सुनार
  • बिहिवार, पौष १ २०७८


  • निर्वाचन घोषणासंगै  नयाँ गठबन्धन टुट्छः एमाले सचिव अर्याल

    १ पौष,वालिङ । नेकपा एमालेका केन्द्रीय सचिव पूर्वमन्त्री पद्माकुमारी अर्यालले नयाँ निर्वाचन घोषणासंँगै अहिलेको गठबन्धन टुट्ने बताउनुभएको छ । निर्वाचन आयोगले निर्वाचनको  समय घोषणा गरेसंँगै वर्तमान सरकारसंँग भएको गठबन्धन टुट्ने सचिव अर्यालले बताउनु भएको हो ।नेकपा एमाले वालिङ नगर कमिटिले विहिबार वालिङमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्वोधन गर्दै सचिव अर्यालले एमालेलाई हराउन गरिएको गठबन्धन निर्वाचनसँंगै टुट्ने उद्घोष   गर्नुभयो ।

    IMG_0958.JPG

    images

    अहिले एमाले हराउन गठबन्धन गरेका हुन सचिव अर्यालले भन्नु भयो  निर्वाचन आयोगले आगामी निर्वाचन  घोषणा गरे पछि टुट्छ ।साथै उहाँले नेकपा एमालेको सरकार हुदा स्वर्ण अक्षरमा लेखिने गरी देश र जनताको पक्षमा काम भएको हुँदा एमालेलाई गिराउन अहिलेको गठबन्धन भएको बताउनु भयो ।
    एमालेले देखिने गरी काम गरेको दावी गर्दै सचिव अर्यालले अब पनि एमाले निर्धक्क भएर अगाडि बढ्ने बताउनुभयो ।
    कार्यक्रममा नेकपा एमाले वालिङ नगर कमिटीले प्रशिक्षणका साथै हालै सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई सम्मान सहित बधाई ज्ञापन गरेको थियो ।

    IMG_0988.JPG

    कमिटीले पार्टीको नवनिर्वाचित केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा कुमारी अर्याल, केन्द्रीय सदस्यहरु सीता सुन्दास, सीमा क्षत्री, किशोरविक्रम मल्ललाई सम्मान गरेको हो । यसैगरी नेकपा एमाले गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष मोहन रेग्मी तथा हालै मनोनित हुनुभएका प्रेस चौतारीको केन्द्रीय सदस्य हिमलाल पराजुलीलाई समेत पार्टीले सम्मान गरेको छ ।

    बिहिवार, पौष १ २०७८०६:४७:२३

    मोहन सुनार

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend