Logo

शनिवार, कार्तिक १ गते २०८३

images

प्रधानमन्त्रीलाई प्रचण्डको प्रस्ताव : ओली नआए हामी नै बालकोट जाऔं

प्रधानमन्त्रीलाई प्रचण्डको प्रस्ताव : ओली नआए हामी नै बालकोट जाऔं

  • PNN Times
  • शनिवार, पौष १० २०७८


  • प्रधानमन्त्रीलाई प्रचण्डको प्रस्ताव : ओली नआए हामी नै बालकोट जाऔं

     पुस १०, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट जाने प्रस्ताव प्रधानमन्त्रीसमक्ष राखेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा समेत नेकपा एमालेका अध्यक्ष ओली अनुपस्थित रहँदै आएका छन् । लगातार संसद अवरुद्ध गर्ने र सर्वदलीय बैठकमा समेत नआएको भन्दै प्रचण्डले भने, ‘मैले त प्रधानमन्त्रीजीलाई उहाँ आउनु हुन्न, तपाईं र म नै बालकोट जाऊँ भनेको छु ।’

    images

    ओलीलाई भेटेर सदन पनि रोकिदिनुभएन भन्ने र अरु विषय पनि छलफल गर्ने उनको प्रस्ताव छ । शनिबार सम्पादकहरुसँग भएको छलफलमा प्रचण्डले सुनाएअनुसार प्रधानमन्त्री देउवाले महाधिवेशन पछि जाउँला भनेका थिए ।

    प्रचण्डले भने, उहाँहरुको महाधिवेशन सकिएको छ । हाम्रो पनि सकिन्छ र जरुरी पर्‍यो भने बरु उहाँ आउन नमान्ने हो भने हामी नै जाने ।’

    शनिवार, पौष १० २०७८०५:३९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend