पौष १३, पर्वत । राष्ट्रिय युवासंघ नेपाल,पैयूँ गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा नारायण भुर्तेल निर्वाचित हुनुभएको छ । मंगलबार भएको राष्ट्रिय युवासंघ पैयूँ ५ को प्रथम अधिवेशनले भुर्तेललाई अध्यक्षमा निर्वाचित गरेको हो । भुर्तेलको अध्यक्षतामा ३१ सदस्यीय समिति चयन भएको छ ।
त्यसैगरी युवासंघको उपाध्यक्षमा तिलक भुर्तेल, सुवोध राना, सचिवमा ज्ञान प्रसाद भुर्तेल, उप-सचिवमा निर्मल राना, अस्मिता न्यौपाने र डोलराज न्यौपाने निर्वाचित हुनुभएको छ।

निर्वाचित भएसँगै अध्यक्ष भुर्तेलले युवाका साझा समस्यालाई समाधान गर्न पहल गर्ने बताउनु भयो । उहाँले समाज रुपान्तरणका मेरुदण्ड भनेका युवा भएको कारण सबै युवाहरुसंग हातेमालो गर्दै पैयूँ विकासको लागि अगाडी बढ्ने उल्लेख गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथि एंव नेकपा एमाले पैयूँ गाउँपालिकाका अध्यक्ष चोकलाल न्यौपानेले नव निर्वाचित कमिटिलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ ।

शुभकामना व्यक्त गर्दै न्यौपानेले युवाहरु नै परिर्वतनको संवाहक भएको कारण पैयूँ विकासमा युवाहरु अब जुजारु रुपमा लाग्नु पर्ने बताउनु भयो । उहाँले अगामी निर्वाचनमा युवाहरुको नेतृत्वलेनै पार्टीले स्थानिय तहको निर्वाचन जित्ने हुदा युवाहरु एक जुट भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।
