पौष १६,पर्वत । नेकपा एमाले केन्द्रीय सचिव एवम् गण्डकी प्रदेश ईन्चार्ज तथा पूर्वमन्त्री पद्मा अर्यालले मिडियाले राजनीतिक संस्कार बसाल्ने बहस गर्न आवयश्क रहेको बताउनु भएको छ । शुक्रबार प्रेस चौतारी पर्वतले कुश्मामा आयोजना गरेको विचार बहस कार्यक्रममा पूर्वमन्त्री अर्यालले मिडियाको माध्यमबाट पार्टीको विचार र पार्टीले गरेका कामको बारेमा जनता सामु पुर्याउनुपर्ने बताउनु भएको हो ।
"हामी युगमा बाँच्नेमात्र होइन", नयाँ युगको निर्माता पनि भएको उल्लेख गर्दै केन्द्रीय सचिव अर्यालले युग निर्माणमा मिडियाको महत्वपूर्ण भूमिका हुने व्यक्त गर्नुभयो ।
मुलुकमा भएका ठुला ठुला परिवर्तनमा मिडियाको उल्लेख्य भूमिका रहेको इतिहास साक्षी रहेको समेत उहाँले बताउनुभयो । राजनीतिक संस्कार बसाल्न र समाज परिवर्तनमा टेवापुग्ने हिसावले निर्भिक भएर कलम चलाउन उहाँले आग्रह गर्नुभयो ।उहाँले जनताको बीचमा एमालेले रफ्तारमा काम गरिरहेको थियो तर त्यो यात्रा अहिले रोकिएको व्यक्त गर्नुभयो ।फेरि त्यही ठाउँमा गएर कामगर्ने दृढता व्यक्त गर्दै विकास गर्न राज्य सत्तामा हुनै पर्ने समेत उहाँको भनाई छ ।